पोखरामा चुनावीसभा नजीकै विस्फोट

Nov 27th, 2019

पोखरा, ११ मङ्सिर (रासस)

कास्की क्षेत्र नं– २ मा हुने प्रतिनिधिसभा सदस्यको निर्वाचनको प्रचारप्रसारअन्तर्गत नेपाल कम्युनिष्ट पार्टी (नेकपा)ले आज गरेको चुनावी सभास्थल पोखरा प्रदर्शनी केन्द्र नजीकै बम विस्फोट भएको छ ।

सभास्थलभन्दा झण्डै दुई सय मिटरको दुरीमा ठूलो आवाजसहित विस्फोट भएको र विस्फोटबाट पार्किङ गरेर राखिएका दुईवटा सवारी साधनमा सामान्य क्षति भए पनि अन्य कुनै मानवीय क्षति नभएको कास्कीका प्रहरी प्रमुख प्रहरी उपरीक्षक दानबहादुर कार्कीले जानकारी दिनुभयो ।