• गृहपृष्ठ
  • अरुको हस्ताक्षर नक्कल गरी लाखौ रुपैयाँ निकाल्ने छ जना गिरोह पक्राउ

अरुको हस्ताक्षर नक्कल गरी लाखौ रुपैयाँ निकाल्ने छ जना गिरोह पक्राउ

Nov 27th, 2019

काठमाडौं, ११ मंसिर
विभिन्न बैंकबाट अरुको हस्ताक्षर नक्कल गरी लाखौं रुपैयाँ निकाल्ने छ जना गिरोह पक्राउ गरेको छ । महानगरीय प्रहरी परिसर काठमाडौका अनुसार यही मंसिर आठ गते राति समय ८ः३० वजे जनता बैंकका खातावाल गोपालमान राजवाहाकले आफ्नो खाताबाट पटक पटक गरि १९ लाख ९९ हजार रुपैयाँ निकालेको मोबाईल मेशेज आएको तर आफुुले कुनै पनि चेक कसैलाई नदिएको भन्ने पिडितको सुचना परिसर काठमाडाैंमा प्राप्त भयो । सो सुचना लगत्तै महानगरीय प्रहरी परिसर काठमाडौंको विशेष टोलीले सम्वन्धित बैंक तथा राष्ट्र बैंकका उच्चपदाधिकारीहरुसंग छलफल गरी पिडितको खाता तत्काल चेक गर्दा पिडितलाई दिएको चेकबुक बाहिरबाट नयाँ चेकबुक निकाल्न सफल भई नँया चेकबाट पैसा निकाल्न सफल भएको परिसरले जनाएको छ ।

सोही सुचनाका आधारमा खोजलास गर्ने क्रममा यही मंसिर नौ गते सोमबार निज पिडितको खातावाट पैसा निकाल्न पुन चेक बोकि एक जना व्यक्ति जनता बैक न्युरोड शाखामा आएको सुचना प्राप्त हुनासाथ निजलाई तत्काल नियन्त्रणमा लिई थप अनुसन्धान गर्ने क्रममा छ जना व्यक्ति पक्राउ परेको परिसररले जानकारी दिएको छ । प्रहरीका अनुसार पक्राउ प्रतिवादीहरूम काभ्रेपलान्चोकको पाँचखाल न.पा.वडा नं.३ घर भई जिल्ला काठमाण्डौ का.म.न.पा.वडा नं.१३ कालीमाटी बस्ने बर्ष १९ सुभाष श्रेष्ठ, काभ्रेपलान्चोक पाँचखाल न.पा.वडा नं.३ घर भई जिल्ला काठमाण्डौ का.म.न.पा.वडा नं.१३ कालीमाटी बस्ने बर्ष १९ को कुमार तामाङ्ग, काभ्रेपलान्चोकको पाँचखाल न.पा.वडा नं.३ घर भई जिल्ला काठमाण्डौ का.म.न.पा.वडा नं.१३ कालीमाटी बस्ने बर्ष १८ को मनिष घिमिरे, काभ्रेपलान्चोकको पाँचखाल न.पा.वडा नं.३ घर भई जिल्ला काठमाण्डौ का.म.न.पा.वडा नं.१३ कालीमाटी बस्ने बर्ष २१ को अन्जन बराल, बागलुङ्गको गलकोट नगरपालिका वडा नं.३ घर भई जिल्ला काठमाण्डौ का.म.न.पा.वडा नं.१० बुद्धनगर बस्ने बर्ष २५ को सुमन पौडेल र सिन्धुपाल्चोक साबिक ज्यामिरे गा.वि.स.वडा नं.९ घर भई जिल्ला काठमाण्डौ का.म.न.पा.वडा नं.३२ सुबिधानगर बस्ने बर्ष ३० को गोबिन्द घिमिरे रहेका छन् ।

प्रहरीका अनुसार यि व्यक्तिहरुलाई सोहि दिन विभिन्न स्थानवाट १८ लाख ५० हजार नगद, विभिन्न बैंकहरुका ठुलो परिमाणमा चेकबुक, खाता खोल्न तयार रहेका फर्महरु, एनआईसी एशिया बैंकको भिसा कार्ड, विभिन्न व्यक्तिहरुको नागरिकताको फोटोकपी, प्रयोग भएका सिग्नेचरका नक्कलहरु बरामत गरिएको छ । पक्राउ परेका सबै अभियुक्तहरुलाई प्रहरी परिसर काठमाडौंमा राखी वैंकिङ्ग कसुर सम्बन्धी दिन ७ को म्याद सम्मानित पाटन उच्च अदालतवाट थपी थप अनुसन्धान भईरहेको प्रहरीले जानकारी दिएकाछन ।

अनुसन्धानका क्रममा अभियुक्तहरुले वैकमा खाता रहेका विभिन्न व्यक्तिहरुको चेकमा रहेको हस्ताक्षर चोरी, सोही व्यक्तिको नाममा चेक हराएको निवेदन समेत दिई नयाँ चेकबुक निकाल्ने र हस्ताक्षर मिलाई लाखौ पैसा निकाल्ने सफल भएको देखिएको छ । उनीहरुले कयौ व्यक्तिहरुको नाममा रहेको खाताको सयौं थान सक्कली चेक समेत लिन सफल भएको देखिएको साथै सो खातावालहरुको सक्कली भिसा कार्ड समेत बनाई प्रयोगमा ल्याएको देखिएकोले सम्वन्धित बैकका कर्मचारीहरुको मिलोमितो तथा लापरवाही समेत देखीएको हुँदा सो सम्वन्धमा सुक्ष्म रुप अनुसन्धान भईरहको र निजहरुले हालसम्म कति रकम निकाल्न सफल भए सो सम्वन्धमा समेत सम्वन्धित बैकहरुसंग बुझ्ने तथा अनुसन्धान गर्ने काम भईरहेको समेत प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार पक्राउ परेका व्यक्तिहरुले जनता बैंक, ज्योति विकास बैंक, एभरेष्ट बैंक, माछापुच्छ्रे बैंक, मुक्तिनाथ विकास बैंक, एनआईसी एशिया बैंक सहित झण्डै एक दर्जन बैंकहरुको नामबाट जारी भएको बिभिन्न व्यक्तिहरुको चेक समेत बरामद भएको छ ।

यी हुन पक्राउ पर्ने व्यक्तिहरु
१ जिल्ला काभ्रेपलान्चोक पाँचखाल न.पा.वडा नं.३ घर भई जिल्ला काठमाडाैं का.म.न.पा.वडा नं.१३ कालीमाटी बस्ने बर्ष १९ को सुभाष श्रेष्ठ ।
२ जिल्ला काभ्रेपलान्चोक पाँचखाल न.पा.वडा नं.३ घर भई जिल्ला काठमाडाैं का.म.न.पा.वडा नं.१३ कालीमाटी बस्ने बर्ष १९ को कुमार तामाङ्ग ।
३ जिल्ला काभ्रेपलान्चोक पाँचखाल न.पा.वडा नं.३ घर भई जिल्ला काठमाडाैं का.म.न.पा.वडा नं.१३ कालीमाटी बस्ने बर्ष १८ को मनिष घिमिरे ।
४ जिल्ला काभ्रेपलान्चोक पाँचखाल न.पा.वडा नं.३ घर भई जिल्ला काठमाडाैं का.म.न.पा.वडा नं.१३ कालीमाटी बस्ने बर्ष २१ को अन्जन बराल ।
५ जिल्ला बागलुङ्ग गलकोट नगरपालिका वडा नं.३ घर भई जिल्ला काठमाडाैं का.म.न.पा.वडा नं.१० बुद्धनगर बस्ने वर्ष २५ को सुमन पौडेल ।
६ जिल्ला सिन्धुपाल्चोक साबिक ज्यामिरे गा.वि.स.वडा नं.९ घर भई जिल्ला काठमाडाैं का.म.न.पा.वडा नं.३२ सुबिधानगर बस्ने बर्ष ३० को गोबिन्द घिमिरे ।

यस्ता छन् बरामद भएका सामानहरु
१ नेपाली नगद रू.१८,५०,०००। (अठार लाख पचास हजार)
२ विभिन्न व्यक्तिहरूको नागरिकताको प्रतिलिपि पाना २९० ।
३ विभिन्न व्यक्तिहरूको नाम र रकम उल्लेख गरिएको रजिष्टर थान २६ ।
४ विभिन्न प्रकार हस्ताक्षर नमुना र बिभिन्न ब्यक्तिहरूको नाम उल्लेख गरिएको डायरी थान २
५ विभिन्न व्यक्तिको खाता खोल्न फोटो टासेको तयारी फाराम थान ३००, १९५ जनाको विभिन्न ब्यक्तिको वैंक स्टेटमेन्ट ,
६ जनता बैक लि.बाट विभिन्न व्यक्तिहरूको नाममा जारी भएको नकाटिएको अवस्थाको चेकबुक थान १६ र काटिएको अवस्थाको चेकबुक थान ४१ ।
७ ज्योती विकाश बैक लि.बाट अन्जन बरालको नाममा जारी भएको काटिएको अवस्थाको चेकबुक थान १ ।
८ एभरेष्ट बैक लि.बाट बिभिन्न व्यक्तिहरूको नाममा जारी भएको नकाटिएको अवस्थाको चेकबुक थान २० र काटिएको अवस्थाको चेकबुक थान ३ ।
९ माछापुच्छ्रे बैक लि.बाट बिभिन्न व्यक्तिहरूको नाममा जारी भएको नकाटिएको अवस्थाको चेकबुक थान १७ र काटिएको अवस्थाको चेकबुक थान २ ।
१० मुक्तिनाथ विकाश बैक लि.बाट बिभिन्न व्यक्तिहरूको नाममा जारी भएको काटिएको अवस्थाको चेकबुक थान ४१ र नकाटिएको चेकबुक थान १ ।
११ एनआईसी एशिया बैक लि.बाट विभिन्न व्यक्तिहरूको नाममा जारी भएको काटिएको अवस्थाको चेकबुक थान ६८ ।
१२ विभिन्न ब्यक्तिहरूको फोटो ८२५ थान ।
१३ एनआईसी एशिया बैकको ए.टि.एम.कार्ड थान ८२, तथा विभिन्न वैकको ए.टि.एम.कार्ड थान ७ ।
१४ विभिन्न ब्यक्तिहरूको नाममा रकम उल्लेख गरी हस्ताक्षर गरेको अवस्थाका विभिन्न बैंकबाट विभिन्न ब्यक्तिका नाममा जारी भएका चेकहरू थान ३२९ ।
१५ अन्य बैंकसँग सम्बन्धित विभिन्न डकुमेन्ट हरु अन्दाजि २ बोरा ।