• गृहपृष्ठ
  • मुक्तिनाथ विकास बैंकद्धारा दुई वटा निक्षेप खाता सञ्चालन

मुक्तिनाथ विकास बैंकद्धारा दुई वटा निक्षेप खाता सञ्चालन

Nov 27th, 2019

काठमाडौं, ११ मंंसिर
मुक्तिनाथ बिकास बैंकले दुई वटा निक्षेप खाता सञ्चालनमा ल्याएको छ । बैंकले मुक्तिनाथ संस्थागत उपलब्धी चल्ती खाता र मुक्तिनाथ व्यक्तिगत उपलब्धी बचत खाता सञ्चालनमा ल्याएको हो । बैंकले पब्लिक कम्पनी, साझेदारी कम्पनी, प्राइभेट कम्पनी, सरकारी तथा गैर सरकारी संघ/संस्था, विभिन्न व्यापार/व्यवसायका छाता संगठनहरु, प्रचलित कानुन बमोजिम दर्ता भई सञ्चालनमा रहेका बचत तथा ऋण सहकारी संघ/संस्था तथा विषयगत सहकारी संघ/संस्था लगायतअन्य संघ/संस्थालाई लक्षित गरी “मुक्तिनाथ संस्थागत उपलब्धी खाता’’ नामक चल्ती खाता र “मुक्तिनाथ व्यक्तिगत उपलब्धी’’नामक बचत खाता सञ्चालनमा ल्याएको जनाएको छ ।

बैंकका अनुसार मुक्तिनाथ संस्थागत उपलब्धी खाता अन्तर्गत न्युनतम मौन्दात १ हजार रूपैयाँमा कुनैपनि संघ/संस्थाले यो खाता खोल्न सक्नेछन् । यस खाता खोलेका संघ/संस्थाका सञ्चालक समितिका सदस्यहरु, साझेदार, प्रोइपाइटरहरुका लागि सात लाखकोे दुर्घटना मृत्यू बीमाको सुविधा मुख्य विषेशताकारुपमा प्रदान गरिएको छ । मुक्तिनाथ संस्थागत उपलब्धी चल्ती खातामा बीमा सेवाका अतिरिक्त दैनिक मौज्दातमा आकर्षक ब्याजदर (मासिक ब्याज भुक्तानी ) तथा निःशुल्क इन्टरनेट बैकिङ्ग सुविधा लिन सकिनेछ ।

साथै, मुक्तिनाथ व्यक्तिगत उपलब्धी बचत खाता अन्तर्गत न्युनतम मौन्दात १ सय रूपैयाँमा संस्थाका सम्पुर्ण कर्मचारी तथा व्यक्तिगत सदस्यहरुका लागि सात लाख रुपैयाँको दुर्घटना मृत्यू बीमाको सुविधा मुख्य विषेशताका रुपमा प्रदान गरिएको छ । यसका साथै, कुनै पनि संघ/संस्थामा कार्यरत कर्मचारीहरुलाई व्यक्तिगत कर्मचारी कर्जा (वार्षिक औसत तलबको ५० प्रतिशतवा १५ लाख मध्ये जुन कम हुन्छ, सो बराबर हुने गरी विना धितो कर्जा सुविधा प्रदान गरिने छ । यस व्यक्तिगत उपलब्धी बचत खाता अन्तर्गत दैनिक मौज्दातमा वार्षिक सात प्रतिशत ब्याज (मासिक ब्याज भुक्तानी ), निःशुल्क अन्तर शाखा कारोबार, निःशुल्क मोबाइल बैकिंङ्ग सुविधा तथा इन्टरनेट बैकिङ्ग सुविधाका साथै निःशुल्क भिसा डेबिट कार्ड प्रदान गरिने छ ।

यस योजना अन्तर्गत मुक्तिनाथ संस्थागत उपलब्धी खाता भएका संघ/संस्थाका कर्मचारी तथा आवद्ध व्यक्तिगत सदस्यहरुले मात्र व्यक्तिगत उपलब्धी बचत खाता खोल्न सक्नेछन् । यो सेवा एक सय ३३ वटै शाखाहरुबाट लिन सकिने बैंकले जनाएकाे छ ।