• गृहपृष्ठ
  • प्रधानमन्त्री ओलीको स्वास्थ्यमा निरन्तर सुधार

प्रधानमन्त्री ओलीको स्वास्थ्यमा निरन्तर सुधार

Nov 27th, 2019

काठमाडौँ, ११ मङ्सिर (रासस)

प्रधानमन्त्री केपी शर्मा ओलीको स्वास्थ्यमा निरन्तर सुधार भइरहेको त्रिवि शिक्षण अस्पताल, मनमोहन कार्डियोथेरासिक भास्कुलर एण्ड ट्रान्स प्लान्ट सेन्टरले जनाएको छ । प्रधानमन्त्री ओलीको स्वास्थ्य अवस्थाका बारेमा आज बिहान सेन्टरले जारी गरेको विज्ञप्तिमा उहाँको स्वास्थ्यमा निरन्तर सुधार भइरहेको जनाइएको छ ।

सेन्टरका कार्यकारी निर्देशक प्रा डा उत्तमकृष्ण श्रेष्ठद्वारा जारी विज्ञप्तिअनुसार प्रधानमन्त्री अहिले राम्रोसँग कुराकानी गर्नसक्ने अवस्थामा हुनुहुन्छ । प्रधानमन्त्री ओलीको स्वास्थ्यमा समस्या आएपछि मङ्गलबार बिहान सो सेन्टरमा जानुभएकोे र एपेन्डिसाइटिस देखिएपछि विशेषज्ञ चिकित्सकद्वारा सफल शल्यक्रियापश्चात् सघन उपचारको सम्पूर्ण व्यवस्थासहित निरन्तर निगरानीमा हुनुहुन्छ ।