• गृहपृष्ठ
  • ‘प्रधानमन्त्रीको उच्चमनोवल हामी सबैको प्रेरणा’

‘प्रधानमन्त्रीको उच्चमनोवल हामी सबैको प्रेरणा’

Nov 27th, 2019

हेटौँडा, ११ मङ्सिर (रासस)

प्रदेश नं ३ का मुख्यमन्त्री डोरमणि पौडेलले प्रधानमन्त्री केपी शर्मा ओलीको उच्चमनोवल हामी सबैको प्रेरणा भएको बताउनुभएको छ ।

उहाँले प्रधानमन्त्रीको उच्चमनोवल, दूरदर्शिता तथा विकासका धारणा सबै नेपालीका लागि प्रेरणाको स्रोत भएको उल्लेख गर्नुभयो । मुख्यमन्त्री पौडेलले आज एक सन्देश दिँदै स्वस्थ्यमा समस्या आएर अस्पतालमा उपचार गराइरहनुभएका प्रधानमन्त्रीको शीघ्र स्वास्थ्यलाभको कामना गर्नुभएको छ ।