• गृहपृष्ठ
  • सहमतिमा नआए निजी मेडिकल कलेजलाई कारवाही गरिने

सहमतिमा नआए निजी मेडिकल कलेजलाई कारवाही गरिने

Nov 27th, 2019

काठमाडौँ, १० मङ्सिर (रासस)

तोकिएभन्दा बढी शुल्क लिने निजी मेडिकल कलेज सहमतिमा नआए कारवाही गरिने भएको छ । गृहमन्त्रालयमा मंगलबार बसेको बैठकले कलेज सञ्चालकसँग वार्ता गर्ने र सहमतिमा आजदेखि कानूनी कारवाही अगाडि बढाउने निर्णय गएको गृहमन्त्रीका प्रेस संयोजक किरण भट्टराईले जानकारी दिनुभयो ।

बैठकमा गृहमन्त्री रामबहादुर थापा, शिक्षामन्त्री गिरिराजमणि पोखरेल, महान्यायाधिवक्ता अग्नि खरेल, प्रहरी महानिरीक्षक सर्वेन्द्र खनाललगायत सहभागी हुनुहुन्थ्यो । शिक्षा मन्त्रालयमा अहिले निजी मेडिकल कलेज सञ्चालकसँग वार्ता भइरहेको छ । शिक्षामन्त्री पोखरेलसहित मन्त्रालयका अधिकारी तथा निजी मेडिकल कलेजका सञ्चालक वार्तामा सहभागी हुनुहुन्छ । सरकारले बढी शुल्क लिएका मेडिकल कलेजलाई उक्त शुल्क फिर्ता लिन आजसम्म अल्टिमेटम दिए पनि मेडिकल कलेजले रकम फिर्ता नगर्ने अडान लिदैँ आएका छन् ।