• गृहपृष्ठ
  • नेकपा अध्यक्ष दाहालद्वारा प्रधानमन्त्रीको स्वास्थ्य अवस्थाबारे जानकारी

नेकपा अध्यक्ष दाहालद्वारा प्रधानमन्त्रीको स्वास्थ्य अवस्थाबारे जानकारी

Nov 26th, 2019

काठमाडौँ, १० मङ्सिर (रासस)

नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रधानमन्त्री केपी शर्मा ओलीको स्वास्थ्य अवस्थाबारे जानकारी लिनुभएको छ । अध्यक्ष दाहालले आज साँझ प्रधानमन्त्री उपचाररत त्रिभुवन विश्वविद्यालय, शिक्षण अस्पतालको मनमोहन कार्डियोथोरासिक भास्कुलर एण्ड ट्रान्सप्लान्ट सेन्टर पुगी प्रधानमन्त्रीको पछिल्लो स्वास्थ्यअवस्था बुझ्नुभएको हो ।

प्रधानमन्त्रीको स्वास्थ्य अवस्थाबारे उपचारमा संलग्न चिकित्सकले अध्यक्ष दाहाललाई अवगत गराउनुभएको थियो । चिकित्सकले प्रधानमन्त्रीको एपेन्डिसाइटिसको शल्यक्रिया सफल भएको र स्वास्थ्यमा राम्रो सुधार हुने बताउनुभएको अध्यक्ष दाहालको भनाइ उद्धृत गर्दै उहाँका प्रेस सल्लाहकार विष्णु सापकोटाले जानकारी दिनुभयो । सो अवसरमा अध्यक्ष दाहालले प्रधानमन्त्रीको शीघ्र स्वास्थ्य लाभको कामना गर्नुभएको थियो ।

प्रधानमन्त्री ओलीलाई एपेन्डिसाइटिसको आशङ्का देखिएपछि उहाँ बिहान शिक्षण अस्पताल जानुभएको थियो । प्रधानमन्त्रीको आजै एपेन्डिसाइटिसको शल्यक्रिया गरिएको थियो । उपचारमा प्रा डा अरुण सायमी, प्रा डा रमेशसिंह भण्डारी, डा दिव्या सिंहलगायतका टोली संलग्न हुनुहुन्छ । यसअघि प्रधानमन्त्री ओलीको मिर्गौलामा समस्या आएपछि डायलासिस गरिएको थियो ।