• गृहपृष्ठ
  • कालापनी र लिपुलेक हाम्रो हो : सभापति देउवा

कालापनी र लिपुलेक हाम्रो हो : सभापति देउवा

Nov 26th, 2019

विराटनगर, १० मङ्सिर (रासस)

नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले लिपुलेक र कालापानी हाम्रो भूमि भएकाले यसलाई फिर्ता गर्न सरकारले कूटनीतिक पहल गर्नुपर्ने बताउनुभएको छ । विराटनगर विमानस्थलमा आज सञ्चारकर्मीसँग सङ्क्षिप्त कुराकानी गर्दै उहाँले लिपुलेक र कालापानी नेपालकै भएकाले यसलाई छाड्न नसकिने उल्लेख गर्नुभयो ।

सभापति देउवाले संवैधानिक परिषद्लाई शाही आयोगजस्तो बन्न नदिन सरकार गम्भीर हुनुपर्ने भन्दै सरकार संविधान विरोधी बन्न नहुने तर्क गर्नुभयो । उहाँले सरकारले महँगी नियन्त्रण गर्न नसकेको र भ्रष्टाचार मौलाउँदै गएको आरोप लगाउनुभयो । अहिले भइरहेको उपनिर्वाचनमा काँग्रेसको पक्षमा जनमत देखिएको सभापति देउवाको भनाइ थियो ।