• गृहपृष्ठ
  • नेपाल–चीन गैह्र सरकारी सहयोग मंचको तयारी बैठक काठमाडौंमा सम्पन्न, मंचको आगामी १५ औं बैठक सेप्टेम्वर अन्तिम साता सिचुवानमा गर्ने सहमती

नेपाल–चीन गैह्र सरकारी सहयोग मंचको तयारी बैठक काठमाडौंमा सम्पन्न, मंचको आगामी १५ औं बैठक सेप्टेम्वर अन्तिम साता सिचुवानमा गर्ने सहमती

Nov 26th, 2019

काठमाडौं, १० मंसिर
आगामी वर्षको सेप्टेम्वरमा चीनको सिचुवानमा आयोजना हुने नेपाल–चीन गैह्र सरकारी सहयोग मंच (NepalChina Non-Governmental Cooperation Forum) को तयारी बैठक आज नेपाल उद्योग वाणिज्य महासंघको सचिवालयमा सम्पन्न भएकाे छ ।

बैठकमा नेपाल पक्षको नेतृत्व मंचका सह–अध्यक्ष एवं महासंघका पूर्व अध्यक्ष रविभक्त श्रेष्ठले र चिनिया“ पक्षको नेतृत्व अखिल चीन उद्योग वाणिज्य महासंघका उपाध्यक्ष एवं सिचुवान प्रान्तिय उद्योग वाणिज्य महासंघका अध्यक्ष छन् फाङ (Mr. Chen Fang, Vice Chairman of All China Federation of Industries and Commerce-ACFIC/Chairman of Sichuan Provincial Federation of Industry and Commerce) ले गर्नुभएको थियो । सोही बैठकमा भाग लिनेक्रममा अध्यक्ष छन् फाङको नेतृत्वमा सिचुवानको व्यवसायिक प्रतिनिधिमण्डल महासंघ सचिवालय आएको हो ।

बैठकमा मंचको १५ औं बैठक आगामी सन् २०२० को सेप्टेम्वर अन्तिम साता सिचुवानमा आयोजना हुने वेष्टर्न चाइना अन्तराष्ट्रिय मेला (Western China International Expo) को अवसर पारेर सिचुवानमा राख्ने सहमती भएको छ । व्यापार प्रवद्र्धन, लगानी आकर्षण, पर्यटन तथा सा“स्कृतिक आदान प्रदान तथा दुवै देशका गैह्र सरकारी क्षेत्र बीच हुने अन्य आपसी सम्बन्ध विस्तार गर्ने उद्देश्यले निजी क्षेत्रबाट नेपाल उद्योग वाणिज्य महासंघ र अखिल चीन उद्योग वाणिज्य महासंघको संयुक्त पहलमा सन् १९९६ अप्रिलमा मंचको स्थापना गरिएको हो । मंचको बैठक दुवै देशमा पालैपालो हुंदै आएको छ । मंचको स्थापना पश्चात बैकिङ, पर्यटन, नीति निर्माण तथा सूचना आदान प्रदान, व्यापार सहजीकरण, व्यापार प्रवद्र्धन लगायतका क्षेत्रमा निकै धेरै सफलता हासिल भएको छ ।

मंचको आगामी बैठकमा चीनले अगाडी सारेको एक क्षेत्र एक सडक (One Belt One Road-OBOR) अन्तरगत पर्यटन, कृषि, उर्जा, पूर्वाध्ँँर निर्माण, मानव संशाधन विकास सहित अन्य महत्वपूर्ण क्षेत्रमा सहयोग सहकार्यमा छलफल हुने समेत बैठकले तय गरेको छ । सम्माननीय राष्ट्रपति विद्यादेवी भण्डारी र महामहिम चिनिया“ राष्ट्रपतिबाट हालै सम्पन्न आपसी भ्रमणबाट दुई देश बीचको सम्बन्धले नयां उचाई हासिल गर्नुका साथै महासंघ र एसीएफआईसी बीचको सम्बन्ध अझ परिणामदायी भएको विश्लेषण गरेको बैठकले जनाएकाे छ ।

बैठकमा मंचका माध्यममार्फत निकै धेरै क्षेत्रमा सहकार्य गर्न सम्भव भएको विश्लेषण गर्दै आगामी दिनमा मंचका माध्यमबाट नेपालमा चिनियाँ लगानी, प्रविधि, शीप र चिनिया“ विकास मोडल आकर्षित गर्न सहकार्यलाई अझ बढी घनिभुत ढंगले अगाडी बढाउन पर्नेमा समेत दुवै पक्षबाट जोड दिइएको छ । बैठकमा सिचुवान प्रनिधिमिण्डलका तर्फबाट नेपालको विकास प्रयासमा सक्दो सहयोग गर्ने र अहिले पनि सिचुवानबाट नेपालको पर्यटन, कृषि, उर्जा, पूर्वाधार विकासमा सबैभन्दा बढी लगानी आइरहेको र नेपालमा लगानीका अवसर तथा प्रक्रियाका विषयमा चिनिया“ लगानीकर्ताहरू समक्ष पर्याप्त जानकारी पुग्न सकेमा अझै बढी लगानी आउने धारणा समेत राखिएको थियो ।

बैठकमा महासंघका उपाध्यक्ष चन्द्र प्रसाद ढकाल, महासंघको कार्यकारिणी समितिका सदस्यहरू, नेपाल–चीन गैह्र सरकारी सहयोग मंचका महासंघ तर्फका सदस्यहरू, महासंघका महानिर्देशक धरणीधर खतिवडा, होटल व्यवसायीहरू, चिनिया प्रतिनिधिमण्डलका सदस्यहरू, नेपाली उद्यमी व्यवसायीहरू र महासंघ सचिवालयका वरिष्ठ अधिकृतहरूको सहभागिता रहेको थियो ।