• गृहपृष्ठ
  • सिभिल बैंक लिमिटेडको नवौं वार्षिकोत्सव विविध कार्यक्रमहरु गरी मनाईयो

सिभिल बैंक लिमिटेडको नवौं वार्षिकोत्सव विविध कार्यक्रमहरु गरी मनाईयो

Nov 26th, 2019

काठमाडौं, १० मंसिर
सिभिल बैंकले आफ्नो नवौं वार्षिकोत्सवको अवसरमा विविध कार्यक्रमहरुको आयोजना तथा घोषणा गरी मनाएको छ । सो अन्र्तगत बैंकले वार्षिकोत्सवको मौका पारेर बैंकले आफ्नो सिभिल ट्रेड सेन्टर स्थित मुख्य शाखामा आज तथा वार्षिकोत्सवको दिन देखि एक महिना भित्र आयोजना हुने गरी देशभरका ४१ शाखाहरुमा रक्तदान कार्यक्रमको आयोजना गर्ने जानकारी दिएको छ ।

यसैगरी बैंकका ३६ शाखाहरु मार्फत सरकारी विद्यालयहरुमा कक्षा ६ देखि १० सम्म अध्यनरत जेहेन्दार तथा आर्थिक स्थिति कमजोर भएका छात्राहरुको छनौट गरी छात्रवृत्ति प्रदान गर्ने भएको छ । यसैगरी व्यास नगरपालिकालाई बैंकको दमौली शाखाको उद्घाटन समारोहमा ५० थान डस्टविन प्रदान गरिएको छ । त्यसै गरी लेखनाथ स्थित त्रिभुवन शान्ति नमुना माध्यमिक विद्यालयलाई पनि पाँच थान डस्टविन प्रदान गरेको बैंकले जानकारी दिएको छ ।

सत्यस्वर शिवशक्ति प्राइमरी स्कुललाई बैंकको निजगढ शाखाको उद्घाटन समारोहमा एक थान प्रिन्टर प्रदान गरेको छ । चन्द्रनिगाहपुर शाखाको उद्घाटन समारोहमा सुनौलो नेपाल अभियानलाई धर्मशालाको निर्माणको लागि २५ हजार रुपैयाँ सहयोग गरेको छ । यसैगरी असहाय सेवा केन्द्र नेपाललाई बैंकले दृस्टीविहिन हरुको लागि एक सय थान विशेस छडी प्रदान गरेको छ । बैंकले सोही अवसमार आधारभूत विद्यालयका ५० विद्यार्थीलाई स्वेटर प्रदान गरेको छ । यसैगरी बैंकले पुकार डिसएबिलिटि सोसिएल सर्विस, सुरुङ्गा, झापालाई वर्षभरीको लागि खाद्यान्न प्रदान गरेको छ । सोही अवसरमा बैकले नारायण प्राथमिक विद्यालय, विराटनगरका ५० विद्यार्थीलाई स्कूल ड्रेस प्रदान गरेको छ ।

निजगढ शाखा, चन्द्रनिगाहपुर शाखा र दमौली शाखाको उद्घाटनः
त्यसै गरी बैंककै बार्षिकोत्सवको अवसर पारेर बैंकले तीन शाखाहरु निजगढ शाखा, चन्द्रनिगाहपुर शाखा र दमौली शाखा संचालनमा ल्याएको छ । दमौली शाखाको उद्घाटन बैंकका अध्यक्ष ई इच्छाराज तामाङ्गले गरेका हुन् । उद्घाटन कार्यक्रमको प्रमुख अतिथि ब्यास नगरपालिका मेयर बैकुण्ठ नाथ न्यौपाने, ब्यास महानगरपालिका उप मेयर मिरा जोशी, सिभिल बैंकका संचालक प्रकाश तायल, सिभिल बैंकका प्रमुख कार्यकारी अधिकृत गोविन्द गुरुङ, नेपाल प्रहरीका उपरीक्षक विनोद शिलवाल, तनहुँ उवा संघका अध्यक्ष मानकाजी श्रेष्ठ, आदिकवी भानुभक्त क्यामपसका प्रमुख महाप्रसाद हदखाले, सिभिल बैंकका गण्डकी प्रदेशका प्रमुख समीर केसी तथा सो क्षेत्रका राजनैतिक ब्यक्तित्वहरु, उद्योगी, व्यवसायी, गन्यमान्य ब्यक्ति तथा सर्वसाधरणको बाक्लो उपस्थिति रहेको थियो ।

कार्यक्रम सभापति तथा सिभिल बैंकका अध्यक्ष तामाङ्गले आर्थिक विकासको लागि बैंक अपरिहार्य रहेको बताए । यस भेगका नागरिकको सेवाको लागि सिभिल बैंकले सेवाविस्तार गर्न पाएकोमा उनले खुसी ब्यक्त गरे । सोही समारोहमा अध्यक्ष तामाङ्गले प्रमुख अतिथि तथा ब्यास नगरपालिका मेयर बैकुण्ठ नाथ न्यौपानेलाई ५० थान डस्टविन पनि हस्तान्तरण गरे । बैंकका प्रमुखकार्यकारी अधिकृत गोविन्द गुरुङले आफ्ना ग्राहक वर्ग तथा अन्य सम्पूर्ण सरोकारवालाहरुका हितलाई ध्यानमा राखी बचत परिचालनका योजनाहरु ल्याउने र स्थानिय अर्थतन्त्रको विकासका लागि उत्पादनमुलक क्षेत्रको लगानीमा जोड दिनुका साथै प्रविधि केन्द्रित सेवा सुविधालाई परिस्कृत गर्दै लैजाने र आफ्नो पहुँचलाई विस्तार गर्दै व्यवसाय अभिवृद्विगर्दै जाने कुरा बताए ।

निजगढ शाखाको उद्घाटन बैंकका संचालक समितिका सदस्य शम्भु प्रसाद पन्त तथा प्रमुखअतिथि निजगढ नगरपालिकाका मेयर सुरेश खनालले संयुक्तरुपमा गरे । उद्घाटन कार्यक्रममा निजगढ नगरपालिकाका मेयर सुरेश खनाल, निजगढ महानगरपालिका उप मेयर लीला देवी लामीछाने, सिभिल बैंकका माईक्रो बैंकिंग प्रमुख युवराज गुरागाईँ तथा सो क्षेत्रका राजनैतिक ब्यक्तित्वहरु, उद्योगी, व्यवसायी, गन्यमान्य ब्यक्ति तथा सर्वसाधरणको बाक्लो उपस्थिति रहेको थियो । सोही समारोहमा बैंकका संचालक समितिका सदस्य शम्भु प्रसाद पन्तले सत्यस्वर शिवशक्ति प्राइमरी स्कुललाई बैंकलाई एक थान प्रिन्टर पनि हस्तान्तरण गरे । बैंकको शाखा बिस्तार हुँद ाबित्तिय साक्षरताको अभिबृद्धी हुने र यसरी नै सबैको सहयोग मिलेमा देशमा आर्थिक सम्बृद्धी आउने कुरा कार्यक्रम सभापति तथा सिभिल बैंकका संचालक समितिका सदस्य शम्भु प्रसाद पन्तले बताए ।

यसैगरी चन्द्रनिगाहपुर शाखाको उद्घाटन बैंकका संचालक समितिका सदस्य भिमानन्द ढुङ्गाना तथा प्रमुख अतिथि चन्द्रपुर नगरपालिकाका मेयर रामचन्द्र चौधरीले संयुक्तरुपमा गरे । उद्घाटन कार्यक्रममा चन्द्रपुर नगरपालिकाका मेयर रामचन्द्र चौधरी, नेपाल प्रहरी नायव उपरीक्षक कबित कटुवाल, चन्द्रनिगाहपुर उवा संघका अध्यक्ष सूनील कुमार जैसवाल, सिभिल बैंकका प्रदेश २ का प्रमुख सुरज दाहाल तथा सो क्षेत्रका राजनैतिक व्यक्तित्वहरु, उद्योगी, व्यवसायी, गन्यमान्य ब्यक्ति तथा सर्वसाधरणको बाक्लो उपस्थिति रहेको थियो । सो अवसरमा बैंकका संचालक समितिका सदस्य भिमानन्द ढुङ्गानाले सुनौलो नेपाल अभियानलाई धर्मशालाको निर्माणको लागि २५ हाजार रुपैयाँको चेक पनि हस्तान्तरण गरे । बैंकले सामाजिक उत्तरदायित्वको वहन संगसंगै ग्राहकवर्गको चाहना बमोजिमका योजनाहरु ल्याई आफ्नो व्यवसाय अभिवृद्विगर्दै जाने कुरा कार्यक्रम सभापति तथा बैंकका संचालक समितिका सदस्य ढुंगानाले बताए ।

नेपालमै पहिलो पटक बचतकर्ताहरुले सात वर्षसम्मको अवधिको लागि समानमासिक रकम बचत गरी योजनाको अन्त्यमा साँवा तथा ब्याजको एक्मुष्ठ रकमको लाभ पाउने एन्यूटी डिपोजिट निक्षेप योजनाल् याएको सिभिल बैंकको शाखा संख्या एक सय एक र एटियम संख्या ७६ पुगेको छ ।