• गृहपृष्ठ
  • बैकिङ्ग कसुर मुद्धामा फरार प्रतिवादी पक्राउ

बैकिङ्ग कसुर मुद्धामा फरार प्रतिवादी पक्राउ

Nov 26th, 2019

ललितपुर, मंसिर १०

बैकिङ्ग कसुर मुद्धामा फरार प्रतिवादी ललितपुर महालक्ष्मी नगरपालिका ईमाडोल बस्ने ४२ वर्षीय पञ्च महर्जनलाई मंगलबार बिहान प्रहरीले पक्राउ गरेको छ । उच्च अदालत पाटनको २०७६ असार ८ गते फैसलाले बैकिङ्ग कसुर मुद्धामा ३ लाख ५० हजार रुपैयाँ जरिवाना र १० दिन कैद सजाय भई फरार रहेका उनलाई महालक्ष्मी नगरपालिका-४ ईमाडोलबाट प्रहरीले पक्राउ गरेको हो ।

महर्जनलाई कैद तथा जरिवाना असुलीको लागि जिल्ला अदालत ललितपुर पठाइएको महानगरीय प्रहरी परिसर ललितपुरले जनाएको छ ।