आज पनि घट्यो नेप्से

Nov 26th, 2019

काठमाडौं, १० मंसिर
नेप्से आज मंगलबार पनि घटेको छ । आज नेप्से शुन्य दसमलव ९१ अंकले घटेर ११ सय नौ दशमलव १६ अंकमा पुग्दा सेन्सिटिभे शुन्य दशमलव ११ अंकले बढेर दुई सय ४५ दशमलव ४९ अंकमा पुगेको छ । आज एक सय ६५ वटा कम्पनीहरुको तीन हजार आठ सय ४१ वटा कारोबारमा ११ लाख ३४ हजार १५ कित्ता सेयर किनबेच भएका छन् भने कारोवार रकम २९ करोड ५८ लाख ६९ हजार एक सय ८० रुपैयाँ पुगेको छ ।

नेप्सेमा आज १२ वटा समुहको कारोबार हुँदा तीनवटा समुहको सुचक बढेका छन् र नौवटा समुहको सूचक घटेका छन् । जस मध्ये वाँणिज्य बैंक समुहको शुन्य दशमलव ८३ अंकले बढेर एक हजार २० दशमलव ५१ अंकमा पुुग्दा ट्रेडिङ, जलविद्युत समुहको सुचक पनि बढेका छन् । विकास बैंक, निर्जिवन बीमा, फाईनान्स, जीवन बीमा, होटल, उत्पादनमुलक, अन्य र सामुहिक लगानी कोष समुहको सुचक भने आज घटेका छन् ।

कमाउने कम्पनीहरुको सुचीमा आज पहिलो स्थानमा साल्ट ट्रेडिङ कर्पोरेशन नेपाल लिमिटेड परेको छ भने बढी गुमाउने कम्पनीहरुको सुचीमा पहिलो स्थानमा युनियन हाईड्रो पावर कम्पनी परेको छ । यसैगरी बढी रकम कारोवार गर्ने कम्पनीहरुको सुचीमा भने आज नेपाल इन्भेष्टमेन्ट बैंकको संस्थापक सेयर पहिलो स्थानमा परेको छ ।