• गृहपृष्ठ
  • पोखराको विकास मेरो अर्जुन दृष्टि- विद्या

पोखराको विकास मेरो अर्जुन दृष्टि- विद्या

Nov 26th, 2019

पोखरा, १० मङ्सिर (रासस)

कास्की निर्वाचन क्षेत्र नं– २ प्रतिनिधिसभा सदस्य उपनिर्वाचनमा सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का उम्मेदवार विद्या भट्टराई अधिकारीले पोखराको विकास आफ्नो एकमात्र अर्जुन दृष्टि भएको बताउनुभएको छ । पोखरा महानगरपालिका–२० स्थित विकट मानिने मौजा आँटीघरमा आज आयोजित घरदैलो कार्यक्रम पश्चात आयोजित कोणसभामा उहाँले पोखराका नयाँ वडाको विकास निर्माण पहिलो प्राथमिकता हुने प्रतिबद्धता व्यक्त गर्नुभयो ।

महानगरपालिकाभित्र रहेर पनि गाउँको रुपमा रहेको मौजालाई बाख्राको पकेट क्षेत्र बनाएर स्थानीयवासीलाई आत्मनिर्भर बताउनका लागि आप्mनो पहल गर्ने बताउनुभयो ।¥यालचौर–भलामहुँदै मौजा आँटीघरसम्मको सडक निर्माणलाई पक्की गर्दै प्रत्येक घरमा खानेपानी र विद्युत्को सुविधा पु¥याउने बताउँदै उहाँले विकास निर्माणमा तीनै तहका सरकारको ध्यान जानुपर्नेमा जोड दिनुभयो ।

मौजालाई पर्यटकीय केन्द्रका रुपमा विकास गर्ने दिवंगत नेता रवीन्द्र अधिकारीको सपनालाई पूरा गर्ने सङ्कल्प गर्दै उम्मेदवार विद्याले विकासका लागि योजनाबद्धरुपमा लाग्ने विश्वास जनाउनुभयो । यही मङ्सिर १४ गते उपनिर्वाचन हुँदैछ ।