• गृहपृष्ठ
  • सुनको आरालो यात्रा जारी, कहिलेसम्म घटिरहला ?

सुनको आरालो यात्रा जारी, कहिलेसम्म घटिरहला ?

Nov 26th, 2019

काठमाडौं, १० मंसिर
सुनको भाउ ओरालो लाग्ने क्रम जारी रहेको छ । साताको पहिलो दिन आइतबार तोलामा एक सय रुपैयाँ घटेर सोमबार ७१ हजार ६ सय रुपैयाँमा कारोबार भएको छापावाल सुनको मूल्य हिजो सोमबार स्थिर रह्यो । नेपाल सुनचाँदी व्यवसायी महासंघकाअनुसार मंगलबार तोलामा एकैचोटी ४ सय घटेर ७१ हजार २ सय रुपैयाँमा कारोबार भइरहेको छ ।

त्यस्तै तेजावी सुनको मूल्य समेत घटेको छ । सोमबार ७१ हजार ३ सय रुपैयाँमा कारोबार भइरहेको तेजावी सुन मंगलबार तोलामा ४ सय घटेर प्रतितोला ७० हजार ९ सय रुपैयाँमा कारोबार भइरहेको छ । यसैगरी आज स्थानिय बजारमा चाँदीको भाउ समेत घटेको छ । आज चाँदी तोलामा ५ रुपैयाँ घटेर प्रतितोला ८ सय ५० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।