जुवातास खेलिरहेको अवस्थामा पक्राउ

Nov 26th, 2019

पर्सा, मंसिर १०

बहुदरमाई नगरपालिका ४ स्थित पोखरीको डिलमा कौडा र तास खेलिरहेको अवस्थामा बहुदरमाई नगरपालिका ९ बस्ने ५० वर्षीय बेराहिम मियाँ र वीरगंज महानगरपालिका २६ सुगौली बस्ने ३६ वर्षीय लालबाबु पटेललाई सोमबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।

ईलाका प्रहरी कार्यालय पोखरीयाबाट खटिएको प्रहरीले उनीहरुको साथबाट नगद ९१ हजार ८ सय ९० नेपाली रुपैयाँ, २८ हजार २ सय भारतीय रुपैयाँ, १६ वटा कौडा र तीन सेट तास समेत बरामद गरेको छ । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।