• गृहपृष्ठ
  • डलर साटी दिने प्रलोभनमा पारी नगद ठगी फरार

डलर साटी दिने प्रलोभनमा पारी नगद ठगी फरार

Nov 26th, 2019

भक्तपुर, मंसिर १०

अमेरिकी डलर साटी दिने भन्दै प्रलोभनमा पारी सूर्य्विनायक बस्ने दोलखा सैलुङ गाउँपालिका ३ घर भएका ४९ वर्षीय श्रेष्ठ थरका पुरषको साथबाट अपरिचित व्यक्तिले नगद ७ लाख ५० हजार रुपैयाँ ठगी गरी सोमबार बिहान फरार भएका छन् ।

मध्यपुर ठिमी नगरपालिका दुुई दिव्यश्वर प्लानिङमा अपरिचित व्यक्तिले अमेरिकी डलर साट्ने भन्दै श्रेष्ठलाई बोलाई रुमालले बेरेको कागज दिई उनको साथमा रहेको उक्त नगद लिई फरार भएको बताइएको छ । फरार व्यक्तिको प्रहरीले खोजी गर्नुका साथै यस सम्बन्धमा थप अनुसन्धान गरिरहेको छ ।