• गृहपृष्ठ
  • १४ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा पक्राउ

१४ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा पक्राउ

Nov 26th, 2019

ललितपुर, मंसिर १०
१४ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा ललितपुर महानगरपालिका २४ धापाखेल बस्ने २४ वर्षीय श्यामलाल तामाङलाई सोमबार साँझ प्रहरीले पक्राउ गरेको छ ।
तामाङले ती बालिकालाई जबरजस्ती करणी गरेको भन्ने खबर प्राप्त हुनासाथ महानगरीय प्रहरी वृत्त सातदोबाटोबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।