• गृहपृष्ठ
  • कैलाश विकास बैंकको १८ दसमलव ७७ प्रतिशत लाभांश

कैलाश विकास बैंकको १८ दसमलव ७७ प्रतिशत लाभांश

Nov 25th, 2019

काठमाडौ, मंसिर ९

कैलाश विकास बैंकले आर्थिक बर्ष २०७५/७६ को वितरण योग्य मुनाफाबाट आफ्ना शेयरधनिहरुलाई चुक्ता पुँजीको १८ दसमलव ७७ प्रतिशत लाभांश वितरण गर्ने भएको छ । जस मध्ये चुक्ता पुँजी दुुई अर्ब ५२ करोड छ लाख ३६ हजार रुपैयाँको १६ प्रतिशतले हुन आउने रकम ४० करोड ३३ लाख एक हजार सात सय ६० रुपैयाँ बराबरको बोनस शेयर र दुुई दसमलव ७७ प्रतिशतले हुन आउने रकम छ करोड ९८ लाख २१ हजार छ सय १७ रुपैयाँ बराबरको नगद लाभांस समेत गरी ४७ करोड ३१ लाख २३ हजार तीन सय ७७ रुपैयाँ लाभांस बितरण गर्ने घोषणा गरेको बैंकका प्रमुख कार्यकारी अधिकृत अमृत चरण श्रेष्ठले बताए ।

उक्त लाभांश नेपाल राष्ट्र बैकबाट स्वीकृति भई आगामी २६ औं बार्षिक साधारण सभाबाट पारित भए पछि शेयरधनीहरुलाई वितरण गरिने बताइएको छ । विकास बंैकका प्रमुख कार्यकारी अधिकृत श्रेष्ठका अनुसार कैलाशले प्रस्ताव गरेको यो लाभांस बिकास बैकहरु मध्ये सबैभन्दा धेरै हो ।