• गृहपृष्ठ
  • दुई देशबीचको उच्चस्तरीय परामर्श संयन्त्रलाई चीन र जापानको बधाई

दुई देशबीचको उच्चस्तरीय परामर्श संयन्त्रलाई चीन र जापानको बधाई

Nov 25th, 2019

बेइजिङ,९ मङ्सिर (रासस/सिन्ह्वा)

चीन र जापानबीचको उच्चस्तरीय परामर्श संयन्त्रलाई चीनका राष्ट्रपति सि चिनफिङ र जापानी प्रधानमन्त्री सिन्जो आबेलाई बधाई दिनुभएको छ । चीनको राजधानी बेइजिङमा सोमबार सो संयन्त्रको बैठक बसेको छ । त्यसमा दुवै देशका कूटनीतिक अधिकारीहरुको सहभागिता रहेको छ ।

उक्त बैठकको पूर्व सन्ध्यामा चिनियाँ राष्ट्रपति सि चिनफिङ र जापानी प्रधानमन्त्री सिन्जो आबेले बधाई सन्देश पठाउनुभएको थियो । उक्त संयन्त्र दुई देशबीचका जनताको तहमा सम्पर्क विस्तार गर्न र आपसमा सांस्कृतिक विकास र आदानप्रदान गर्नका लागि सो संयन्त्र सहयोगी सिद्ध हुने बताइएको छ ।

त्यस पत्रका चिनियाँ राष्ट्रपति चिनफिङले चीन र जापानले विगत लामो समयदेखि आफ्नो गहिरो र मजवुद सम्बन्धको विकास गर्दै आएका उल्लेख गर्नुभएको छ । उहाँले चीन जापानका नागरिकले कम्तीमा पनि दुई हजार वर्ष यतादेखि आफ्नो सांस्कृतिक र अन्य सम्बन्धको विकास गर्दै आएका उल्लेख गर्नुभएको छ । साथै यस सम्बन्धका कारण यी दुई देश आपसमा सहयोगी रही आएको पनि सो पत्रमा उल्लेख गर्नुभएको बताइएको छ ।

उक्त संयन्त्र जापान र चीनबीचको सांस्कृतिक तथा जनसम्पर्कका कार्यहरुको आपसी आदान प्रदान हुने धारणा जापानी प्रधानमन्त्री आबेले राख्नुभएको छ । दुई देशबीचको आपसी तथा पारस्पारिक सहयोग र सुमधुर सम्बन्धको विकासका क्षेत्रमा थप सहयोगी सिद्ध होस् भनेर गएको जुन महिनामा भएको आबे र चिनियाँ राष्ट्रपति सिको भेटका क्रममा सो प्रस्ताव गरेको बताउनुभयो ।

गत जुन महिनामा उहाँहरुबीच जापानको ओसाकामा भएको भेटका क्रममा यस्तो खालको संयुक्त संयन्त्र निर्माण गर्ने र आपसी सहयोग र सद्भाव विकासका लाग काम गर्ने भन्दै यो संयन्त्रको निर्माण गर्ने प्रस्ताव जापानले गरेको थियो । सोही प्रस्तावबमोजिम स्थापित यस संयन्त्रको पहिलो बैठक सोमबार बेइजिङमा शुरु भएको छ । सो बैठकमा दुवै देशका उच्च कूटनीतिज्ञहरुको सहभागिता रहेको छ । यस उच्चस्तरीय संयुक्त संयन्त्रले यी दुवै देशका बीचमा समय समयमा देखापर्ने असमझदारीहरुलाई हटाउन पनि सहयोग पु¥याउने बताइएको छ ।