• गृहपृष्ठ
  • नामिबियामा राष्ट्रपतिका लागि पहिलो महिला उम्मेदवार

नामिबियामा राष्ट्रपतिका लागि पहिलो महिला उम्मेदवार

Nov 25th, 2019

विन्धोक, नामिबिया ९ मङ्सिर (रासस/एएफपी)

नामिबियामा राष्ट्रपतिका लागि पहिलो पटक महिला उम्मेदवार चुनावी मैदानमा उत्रिनु भएको छ ।
राष्ट्रपति चयनका लागि आगामी बुधबार मतदान हुन लागेको छ । निर्वाचनका लागि कुल ११ जना उम्मेदवार रहेका छन् । ती मध्ये चार जनालाई मुख्य प्रतिश्पर्धी मानिएको छ । मुख्य प्रतिश्पर्धी मध्ये एक जना महिला पनि हुनुहुन्छ । प्राज्ञिक तथा सामाजिक क्षेत्रमा लामो समय काम गर्नुभएकी ५७ वर्षीया इस्थेर मुइनजाङगे देशको राष्ट्रपतिका लागि पहिलो महिला उम्मेदवार हुनुभएको हो ।

नामिबियामा यसअघिसम्म कोही पनि महिला राष्ट्रपतिका लागि उम्मेदवार समेत हुन नपाएको अधिकारीहरुले जनाएका छन् । उहाँ स्थानीय हेरेरो जातीय समूहकी महिला हुनुुहुन्छ । उहाँसँगै उहाँको समुदायले जातिय स्वतन्त्रता र उत्थानका लागि ठूलो संघर्ष गर्नुभएको थियो । उहाँ ‘नेसनल युनिटी डेमोक्र्याटीक अर्गनाइजेसन (एनयुडीओ) ’पार्टीको तर्फबाट गत मार्चमै उम्मेदवारका लागि छनौट हुनुभएको हो । सो पार्टी पनि महिलाले नेतृत्व गरेको नामिबियाको पहिलो पार्टी भएको स्थानीय संचार माध्यमहरुले लेखेका छन् ।