• गृहपृष्ठ
  • कान्तिपुर मलका उपहार विजेतालाई उपहार हस्तान्तरण, १८ महिने बालकले पाए यमाहाको मोटरसाइकल

कान्तिपुर मलका उपहार विजेतालाई उपहार हस्तान्तरण, १८ महिने बालकले पाए यमाहाको मोटरसाइकल

Nov 25th, 2019

काठमाडौं, ९ मसिर
राजधानीको गाेगंबुमा रहेको कान्तिपुर मलले दशैँ, तिहार तथा छठ पर्वको अवसरमा सञ्चालन गरेको उपहार योजनाका विजेतालाई उपहार हस्तान्तरण गरेको छ । सोमबार एक कार्यक्रमकाबीच उपहार विजेतालाई उपहार हस्तान्तरण गरिएको हो ।

उपहार अन्तरगत प्रथम उपहार सर्लाहीका दिप्शन वस्नेतले १ सय ५० सिसिको यमाहा एफ जेड एफ आइ भि थ्रि मोटरसाइकल जित्न सफल भए । उनी मात्र १८ महिनाका छन् । उनका अविभावकले किनमेल गर्दा उनले मोटरसाईकल जितेका हुन् । यसैगरी द्धितिय पुरस्कार काठमाडौका अनुराधा ज्ञवालीले यामाहाकै १ सय ५० सिसिको एफ जेड एफ आइ भि टु मोटरसाइकल जित्न सफल भए ।
तेस्रो पुरस्कार काठमाडौका अनिरूद्र जंग केसीले यमाहाको १ सय ३३ सिसिको एफ जेड एफ आइ भि टु स्कुटर जित्न सफल भए । चौथो पुरस्कार बुटवल सुख्खानगरका प्रमिरा बस्नेतले एलजीको ४३ इन्च टिभि जित्न सफल भए भने पाँचौ पुरस्कार नुवाकोटका टिकाराम विश्वकर्माले ३२ इन्चको एलइडि टिभि जित्न सफल भए ।

यस्तै छैठौँ उपहारमा माछापोखरी काठमाडौका रंजित कार्कीले एलजीको १ सय ९० लिटरको फ्रिज जित्न सफल भए बुढानिलकण्ठका लोनिभा खड्काले सामसुङको मोबाईल जित्न सफल भइन् । सान्तना पुरस्कारमा विभिन्न्न ५ जना व्यक्तिले निमाको घडी जित्न सफल भए । उपहार हस्तान्तरण कार्यक्रममा कान्तिपुर मलका महाप्रबन्धक अमर निरौलाले दशैँ तिहारमा सञ्चालित कार्यक्रम उत्साहजनक ढंगबाट सम्पन्न भएको बताए । कान्तिपुर मलले हरेक वर्ष दशैँ तिहारमा उपहार योजना सञ्चालन गर्दै आाएको छ ।