सिद्धार्थ इन्स्योरेन्स न्यूरोडमा

Nov 25th, 2019

काठमाडौं, ९ मंसिर
सिद्धार्थ इन्स्योरेन्स कम्पनीले काठमाडौंको न्युरोडस्थित खिचापोखरीमा शाखाको उद्घाटन गरेको छ । बीमा समितिका कार्यकारी निर्देशक राजुरमन पौडेल तथा कम्पनीका अध्यक्ष रतनलाल केडियाद्वारा संयुक्तरुपमा उक्त शाखाको उद्घाटन गरिएको हो । सो समारोहमा कार्यकारी निर्देशक पौडेलले कम्पनीको संस्थागत सुशासन अब्बल र अन्य सुचकाङ्कहरु समेत राम्रो रहेको बताउँदै, विस्तारित शाखाबाट बीमितलाई अझ प्रभावकारी बीमा सेवा प्रदान गर्न सकोस भन्ने शुभकामना व्यक्त गरे । कम्पनीका अध्यक्ष केडियाले अहिले सम्म काठमाण्डौ उपत्यकामा ११ वटा शाखा सञ्जालमार्फत स्तरिय बीमा सेवा प्रदान गर्ने लक्ष्य रहेको बताए ।

कम्पनीका प्रमुख कार्यकारी अधिकृत वीरेन्द्र वैदवार क्षेत्रीले स्वागत मन्तव्य राख्दै उत्कृष्ट बीमा सेवा प्रदान गर्न कम्पनी प्रतिबद्ध रहेको बताए । सो समारोहमा स्थानिय बैंक तथा वित्तीय संस्थाहरु प्रमुख एवं व्यवसायीहरुको उल्लेख्य उपस्थिति रहेको थियो ।