• गृहपृष्ठ
  • सिभिल क्यापिल मार्केटको व्यवस्थापनमा ढुङ्गेलको नयाँ नेतृत्व

सिभिल क्यापिल मार्केटको व्यवस्थापनमा ढुङ्गेलको नयाँ नेतृत्व

Nov 25th, 2019

काठमाडौं, ९ मंसिर
सिभिल क्यापिल मार्केट लिमिटेडको प्रमुख कार्यकारी अधिकृतमा झनकराज ढुङ्गेल नियुक्त भएका छन् । बैंकका अनुसार ढुङ्गेल नेपालको बैंकिङ्ग तथा वित्तिय क्षेत्रमा विगत २५ वर्ष देखि सकृय रहेका छन् । साथै विगतका आठ वर्ष उनले विभिन्न क्यापिल मार्केट क्षेत्रमा प्रमुख कार्यकारी अधिकृतको जिम्मेवारी निभाई सकेका छन् ।

सिभिल क्यापिल मार्केटको व्यवस्थापनको नयाँ नेतृत्वले संस्थाको कार्यशैलीमा सुधार गर्दै ग्राहकवर्गलाइ नवीनतम सेवा तथा सुविधाहरु प्रदान गर्ने प्रतिवद्धता नवनियूक्त प्रमुख कार्यकारी अधिकृत ढुङ्गेलले दिए ।