सिद्धार्थ बैंकको नँया शाखा हेम्जामा

Nov 25th, 2019

काठमाडौं, ९ मंसिर
सिद्धार्थ बैंकले आज सोमबार कास्कीको हेम्जामा नयाँ शाखा खोलेको छ ।सर्वसाधारण तथा उद्यमीमाझ सबै प्रकारका निक्षेप तथा कर्जा कारोबार सुविधा, रकम भुक्तानी लगायत सम्पूर्ण बैंकिङ्ग सेवा पु¥याउने उद्देश्यले उक्त शाखा सञ्चालनमा ल्याएको बैंकले जनाएको छ ।

बैंकका अनुसार उक्त शाखा विस्तार पश्चात् सिद्घार्थ बैंकको कुल शाखा सञ्जाल संख्या एक सय ७३ (चार एक्स्टेन्सन् काउन्टर सहित) पुगेको छ । बैंकले एक सय एक वटा शाखारहित बैंकिङ्ग सेवा, एक सय ९० एटिएम र १६ सय भन्दा बढी पस मेसिनका साथै बैंकले निक्षेप तथा कर्जा सुविधा, घरमै बसेर बैंक खाता खोल्न सकिने अनलाइन सुविधा, रेमिटेन्स सेवा, भिजा एटिएम कार्ड सेवाका मार्फत् उच्चस्तरिय बैंकिङ्ग सेवा प्रदान गर्दै आएको जनाएको छ ।