• गृहपृष्ठ
  • नेप्से अघिल्लो दिन कै अंकमा, २८ करोडको सेयर किनबेच

नेप्से अघिल्लो दिन कै अंकमा, २८ करोडको सेयर किनबेच

Nov 25th, 2019

काठमाडौं, ९ मंसिर
नेप्से आज सोमबार अघिल्लो दिन कै अंकमा सिमित रहेको छ । नेप्से आज ११ सय १० दशमलव आठ अंकमा पुुग्दा सेन्सिटिभ शुन्य दशमलव ५२ अंकले बढेर दुई सय ४५ दशमलव ३८ अंकमा पुुगेको छ । एक सय ६८ कम्पनीहरुको पाँच हजार एक सय ६५ वटा कारोबारमा १० लाख ७८ हजार १६ कित्ता सेयर किनबेच हुँदा कारोबार रकम २८ करोड ८८ लाख ५८ हजार चार सय ४८ रुपैयाँ पुगेको छ ।

१२ वटा समुहको कारोबार हुँदा आज छ वटा समुहले कमाएकाछन भने छ वटा समुहले गुमाएका छन् । ती मध्ये वाँणिज्य बैंक समुहको सुचक एक दशमलव चार अंकले घटेर एक हजार १९ दशमलव ६८ अंकमा झरेको छ । विकास बैंक समुहको सूचक पनि एक दशमलव २१ अंकले घटेर १५ सय २४ दशमलव एक अंकमा झरेको छ । यसैगरी निर्जिवन बीमा, जीवन बीमा, ट्रेडिङ र सामुहिक लगानी कोष समुहको सुचक पनि घटेका छन् । होटल, जलविद्युत, फाईनान्स, उत्पादनमुलक, अन्य र लघुवित्त समुहको सुचक भने आज बढेर हरियो भएको छ ।

बढी कमाउने कमनीहरुको सुचीमा आज पहिलो स्थानमा मिथिला लघुबित्त वित्तीय संस्था परेको छ भने गुमाउने कम्पनीहरुको सुचीमा पञ्चकन्या माई हाईड्रो पावर कम्पनी परेको छ । बढी रकम कारोबार गर्ने कम्पनीहरूको सुचीमा भने आज नेपाल इन्भेष्टमेन्ट बैंकको संस्थापक सेयर पहिलो स्थानमा परेको छ ।