चोरीमा संलग्न चार जना पक्राउ

Nov 25th, 2019

काठमाडौं, मंसिर ९

काठमाडौं महानगरपालिका १५ चमतीस्थित काभ्रे तेमाल गाउँपालिका ४ घर भएका रमेश रसाईलीको ह्याण्डीक्राप्ट कारखानाबाट करिब १२ लाख रुपैयाँ मूल्य बराबरको पित्तल तथा काठका विभिन्न घण्टी, बज्र लगायतका सामानहरु चोरी भएको घटनामा संलग्न ४ जनालाई आइतबार प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेहरुमा काठमाडौं महानगरपालिका १५ बनस्थली डेरा गरी बस्ने काभ्रे नमोवुद्ध नगरपालिका घर भएका दयाराम गहतराज, काभ्रे धुलिखेल नगरपालिका १ घर भएका २४ वर्षीय रोशन लामा, ३० वर्षीय मान बहादुर विक र २२ वर्षीय राम लाल तामाङ रहेका छन् । गत शनिबार उक्त कारखानामा भएको चोरीको घटनामा संलग्न अभियुक्तहरुको खोजी गर्ने क्रममा महानगरीय प्रहरी वृत्त स्वयम्भूबाट खटिएको प्रहरीले उनीहरुलाई चोरी भएको उक्त सामान सहित पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको जानकारी दिएको छ ।