• गृहपृष्ठ
  • विभिन्न स्थानबाट जुवातास खेलिरहेको अवस्थामा ४७ जना पक्राउ

विभिन्न स्थानबाट जुवातास खेलिरहेको अवस्थामा ४७ जना पक्राउ

Nov 25th, 2019

काठमाडौं, मंसिर ९
ललितपुरको गोदावरी नगरपालिका ४ वडिखेल बस्ने राम कुमारी पहरीको घरमा जुवातास खेलिरहेको अवस्थामा सोही ठाउँ बस्ने ४८ वर्षीय अशोक कुमार पहरी समेत २४ जनालाई नगद १ लाख ३३ हजार ८ सय १० रुपैयाँ र ४ बुक तास सहित आइतबार राति प्रहरीले पक्राउ गरेको छ । महानगरीय प्रहरी प्रभाग वाँडेगाउँबाट खटिएको प्रहरीले उनीहरुलाई पक्राउ गरेको हो ।

काभ्रेको धुलिखेल नगरपालिका ९ बस्ने महेश रानाभाटको घरमा जुवातास खेलिरहेको अवस्थामा रानाभाट लगायत २३ जनालाई नगद ९ लाख ५७ हजार ८ सय रुपैयाँ सहित सोमबार बिहान प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय काभ्रेबाट खटिएको प्रहरीले उनीहरुलाई पक्राउ गरेको हो । यस सम्बन्धमा स्थानीय प्रहरीले थप अनुसन्धान गरिरहेको जानकारी दिएको छ ।