• गृहपृष्ठ
  • अबैधरुपमा लैजान लागेको एक लाख ५९ हजार साउदी रियाल सहित भारतीय नागरिक पक्राउ

अबैधरुपमा लैजान लागेको एक लाख ५९ हजार साउदी रियाल सहित भारतीय नागरिक पक्राउ

Nov 25th, 2019

काठमाडौं, मंसिर ९

त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलबाट फ्लाई दुबईको उडानद्वारा दुबई जान लागेका राहदानी नम्बर पि ९२२६३३३ वाहक भारतिय नागरिक ४७ वर्षीय आशिफ मिर्जा लाई अवैध रुपमा लुकाई छिपाई लैजान लागेको १ लाख ५९ हजार साउदी रियाल सहित आइतबार साँझ प्रहरीले पक्राउ गरेको छ ।

विमानस्थलको अन्तराष्ट्रिय उडानतर्फको प्रस्थान ह्याण्ड ब्यागेज चेकिङ एरियामा जाँच गर्ने क्रममा उनको झोलाभित्र फल्स बटम बानाई लुकाई छिपाई राखेको पाँच सय दरका तीन सय १८ थान गरी उक्त रकम बराबरको साउदी रियाल प्रहरीले फेला पारेको हो ।

पक्राउ भारतीय नागरिकलाई अनुसन्धान पश्चात आवश्यक कारवाहीको लागि राजश्व अनुसन्धान विभाग हरिहरभवन ललितपुर पठाइने अन्तराष्ट्रिय विमानस्थल सुरक्षा कार्यालयले जनाएको छ ।