• गृहपृष्ठ
  • यसपाली नेपाल टेलिकम र ऐनसेल उत्कृष्ट १५ करदातामा पनि अटाएनन्, किन राज्यलाई प्राप्त हुने राजस्व घट्दैछ ?

यसपाली नेपाल टेलिकम र ऐनसेल उत्कृष्ट १५ करदातामा पनि अटाएनन्, किन राज्यलाई प्राप्त हुने राजस्व घट्दैछ ?

Nov 25th, 2019

काठमाडौं, ९ मंसिर
आर्थिक वर्ष २०७२/०७३ मा ऐनसेल उत्कृष्ट करदाताको सूचीमा पहिलो स्थानमा ऐनसेल थियो भने नेपाल टेलिकम दोस्रो स्थानमा । यो वर्ष भने टेलीकम क्षेत्रका दुई ठूला यी कम्पनी उत्कृष्ट १५ करदाताको सूचिमा पनि अटाएनन् । नेपाल टेलिकम र ऐनसेलको आम्दानीमा पनि गिरावट आएको छ । यसबाट राज्यले प्राप्त गर्ने ठूलो हिस्सा राजस्व पनि गुमेको छ । भ्वाइस कलको कारोबार खुम्चिनुका साथै डाटाको व्यापार विस्तार गर्न नसक्दा यो वर्ष नेपाल टेलिकम र एनसेल उत्कृष्ट १५ करदाताको सूचीमा नपरेका हुन् ।

दूरसञ्चार क्षेत्रका ठूला दुई कम्पनी बिगत दुई वर्ष देखि उत्कृष्ट १० करदाताको सूचीबाट बाट बाहिरिन सुरु गरेका हुन् । ऐनसेल र नेपाल टेलिकम भन्दा अहिले सूर्य नेपाल, डाबर नेपाल, जगदम्बाजस्ता उत्पादनमूलक क्षेत्रका कम्पनीहरु अग्रणी स्थानमा छन् । फेसबुक, ह्वाट्स एप, इमो, भाइबर लगायत सामाजिक सञ्जालका प्रयोगकर्ता बढेपछि नेपाल टेलिकम र एनसेलको भ्वाइस कल सेवा प्रयोग गर्नेहरु घटेका छन् । विदेशमा हुने कल अहिले म्यासेन्जर, इमो र ह्वाट्स एपमार्फत हुने गरेको छ । जसका कारण नै आम्दानीमा गिरावट आएको हो । टेलिकम क्षेत्रको राजस्वको प्रमुख स्रोत भनेको विदेशमा हुने कल थियो ।

त्यसो त अहिले विश्वव्यापी रुपमै टेलिकम सेवा प्रदायक कम्पनीहरुको व्यापार घटेको छ । सूचना प्रविधि व्यवसायको विश्वव्यापी असर नेपालमा पनि परेको हो । विगतमा भ्वाइसकल र डाटा दुवै महँगोमा बेचेका टेलिकम कम्पनीहरुले प्रतिस्पर्धी बजारमा आफूलाई टिकाइराख्न र व्यवसाय विस्तार गर्न सेवालाई सर्वसुलभ बनाउन पनि आवश्यक छ । अब टेलीकम क्षेत्रको व्यवसाय प्रतिस्पर्धा भनेको भ्वाइस कलमा होइन , डाटामा हो । त्यसैले यि दुई कम्पनीले आफ्नो डाटाको व्यवसायमा केन्द्रित हुन जरुरी छ ।