• गृहपृष्ठ
  • अज्ञात समूहद्वारा वडाध्यक्षको राजस्व घट्दैछ

अज्ञात समूहद्वारा वडाध्यक्षको राजस्व घट्दैछ

Nov 25th, 2019

चिप्लेढुङ्गा, ९ मङ्सिर (रासस)

अज्ञात समूहले पोखरा महानगरपालिका–३३ का वडाध्यक्ष शिवप्रसाद आचार्यको पोखरा–१७ हिमालीटोलस्थित निवासमा पार्किङमा राखेको गाडीमा आज बम विष्फोट गरेको छ ।

वडाध्यक्ष आचार्य चढ्ने ग२च ४२६ नं को हाइलक्स गाडीमा आज बिहान २ः४५ बजे बम विष्फोट भएको घटनास्थलमा पुग्नु भएका गण्डकी प्रहरी प्रदेश कार्यालयका प्रमुख विनोद शर्मा घिमिरेले जानकारी दिनुभयो । घटनाबारे अनुसन्धान भइरहेको उहाँले बताउनुभयो ।