• गृहपृष्ठ
  • ग्लोबल आइएमई बैंकको जन्मभूमि घर कर्जा, तीन दिनमै कर्जा उपलब्ध हुने

ग्लोबल आइएमई बैंकको जन्मभूमि घर कर्जा, तीन दिनमै कर्जा उपलब्ध हुने

Nov 25th, 2019

काठमाडौ, मंसिर ९

ग्लोबल आइएमई बैंकले बैदेशिक रोजगारमा गएका तथा विदेशमा बस्ने नेपालीहरुलाई लक्षित गरी ग्लोबल आइएमई जन्मभूमि घर कर्जा ल्याएको छ । बैंकका आनुसार नयाँ योजना अन्तर्गत वैदेशिक रोजगारमा गएका कामदार तथा विदेशमा बस्ने नेपालीहरु र उनका परिवारका सदस्यलाई आबश्यक कागजात पेश गरेको तीन दिन भित्र घर कर्जा उपलब्ध गराइने छ ।

न्यूनतम ब्याजदरमा सुलभ र सहजरुपमा पाप्त गर्न सकिने जन्मभूमि घर कर्जाले रेमिट्यान्सलाई बैंकिङ्ग च्यानलबाट भित्र्याउन मद्दत पुग्नेछ । यो घर कर्जा बैदेशिक रोजगारबाट प्राप्त आयको आधारमा भारत सहित विभिन्न देशमा बस्ने नेपालीहरुका परिवारलाई प्रदान गरिनेछ । जन्मभूमि घर कर्जा ग्लोबल आइएमई बैंकको सबै शाखाबाट प्राप्त हुने बैंकले जानकारी दिएको छ ।

बैंकका अनुुसार कर्जा सम्बन्धी थप जानकारी ग्लोबल रेमिटका विभिन्न देशमा रहेका कार्यालयहरु तथा ग्लोबल आइएमई बैंकका बैदेशिक सम्पर्क कार्यालयबाट प्राप्तगर्न सकिनेछ । बैंकले सबै क्षेत्र र वर्गसम्म बैंकिङ्ग सेवाको पहुँच पु¥याउने उद्देश्यले विभिन्न स्थानमा शाखा, एक्सटेन्सन काउण्टर तथा शाखारहित बैंकिङ्ग सेवामार्फत आफ्ना ग्राहकहरुलाई सेवा प्रदान गर्दै आएको छ । बैंकले हाल एक सय ५० वटा शाखा, ३० वटा एक्सटेन्सनतथा राजश्व सङ्कलन काउन्टर, एक सय ५० एटीएम, एक सय ९४ शाखारहित बैंकिङ्ग सेवा र नेपालबाहिर तीन प्रतिनिधि÷सम्पर्क कार्यालय मार्फत ११ लाखभन्दा बढी ग्राहकहरुलाई सेवा प्रदान गर्दै आएको छ ।