• गृहपृष्ठ
  • ओपो : भविस्यको बौद्धिक समाजका लागि फाइभजी स्तम्भ हुने

ओपो : भविस्यको बौद्धिक समाजका लागि फाइभजी स्तम्भ हुने

Nov 24th, 2019

काठमाडौं, ८ मंसिर
सीएनबीसीद्वारा क्वाङचोउ, चीनमा आयोजित बार्षिक टेक्नोलोजी फोरम ईष्ट टेक वेष्टमा ओपोका चिफ फाइभजी साईन्टिस्ट हेनरी ट्याङले भविस्यको बौद्धिक समाजका लागि फाइभजी स्तम्भ हुुने जानकारी दिएका छन् । उनले औद्योगिक तथा शैक्षिक क्षेत्रका अग्रणी प्राविधिक विज्ञहरु माझ फाइभजीको भविस्य सम्बन्धि अन्तरक्रियामा सहभागिता जनाएका थिए । नोभेम्बर १८ का दिन भएको उक्त कार्यक्रममा उनले फाईभजीका बारेमा बताए । “भाविस्यको बौद्धिक समाजमा फाइभजी एक प्रमुख स्तम्भका रुपमा रहने छ । यसको माध्यमबाट बहुमुखी तथा एकिकृत कनेक्टिभिटी सुचारु हुनुका साथै विभिन्न परिस्थितीमा उपयोगिता समेत ब्याप्त हुनेछ ।” “द फ्युचर ईज नाउँ : हाउ फाइभजी वील ट्रान्सफर्म कम्युनिकेसन” शिर्षकको प्यानल डिस्कसनमा सहभागिता जनाउँदै भनेका थिए ।

“फाइभजीबाट उपभोक्ताले ब्यापकरुपमा फाइदा लिन सकुन् भन्ने सोचका साथ ओपो, सक्रिय रुपमा फाइभजीका उपयोगिता बारे अन्वेषण गरिरहेको छ ।” सीएनबीसी ईस्ट टेक वेस्टमा अत्याधुनिक प्रविधिका बारेमा औद्योगिक धारणा प्रस्तुत गर्दै ओपोका चिफ फाइभजी साईन्टिस्ट, हेनरी ट्याङले भने , “सन् २०१८देखि यो अन्वेषणले ओपोका लागि थ्रीडी स्ट्रक्चर्ड लाइट प्रविधिको प्रयोग मार्फत विश्वकै पहिलो फाइभजी भिडियो कल डेमो र एमडब्ल्यूसी २०१९मा फाइभजी स्मार्ट फोन मार्फत विश्वमै पहिलो पटक वेइपो लाइभस्ट्रिम लगायत फाइभजी सम्बन्धि विभिन्न कोशेढुङ्गा स्थापनामा सघाव पुगेको छ । फाइभजी उपकरणको अग्रणी तथा प्रचारकका रुपमा ओपोले आफ्ना उपभोक्तालाइ निरन्तर नयाँ अनुभव प्रदान गरिरहेको छ।”

ओपोले आफ्नो फाइभजी ब्यवसायलाई १ दर्जन भन्दा बढी देशहरुमा फिजाउनुका साथै सो बजारमा रहेका विश्वकै अग्रणी अपरेटर्ससंग सहकार्य गर्दै आफ्ना वैश्विक उपभोक्तालाई फाइभजी ह्याण्डसेट्स तथा सेवा उपलब्ध गराइरहेको छ । सन् २०१९को मे महिनामा ओपो र स्विसकमले स्विट्जरल्याण्डमा आधिकारिक रुपमा ओपो रेनो फाइभजी स्मार्टफोन सार्वजनिक गरेको थियो । यसै संग ओपो रेनो फाइभजी यूरोपमा ब्यवसायिकरुपमा उपलब्ध गरिएको पहिलो फाइभजी ह्याण्डसेट बन्न सफल भयो । विश्वभर ठूलो परिमाणमा फाइभजी विस्तारमा गति प्रदान गर्ने सोचका साथ ओपो र एरिक्सनले यही अक्टोबर महिनामा, संयुक्त फाइभजी ज्वाइण्ट ल्याबपनि स्थापना गरिसकेको छ । साथै, सन् २०१९ को अन्तसम्ममा ओपाले क्वालकमद्वारा सञ्चारित पहिलो डुअल मोड फाइभजी स्मार्टफोन सार्वजनिक गर्ने योजना समेत सार्वजनिक गरिसकेको छ ।सन् २०१५मै स्थापित, ओपोको फाइभजी आरएण्डडी समुहले नयाँ पुस्ताको मोबाइल प्रविधिका लागि मानक निर्धारण सम्बन्धि क्रियाकलापमा सक्रिय सहभागिता जनाउँदै आएको छ ।

सन् २०१९को अन्त्य सम्म आइपुग्दा ओपोले २ हजार ५ सय ग्लोबल प्याटेन्ट फ्यामिलिज्का लागि दर्खास्त दिइसकेको छ र १ हजार फ्यामिलिज् भन्दा बढी फाइभजी स्ट्याण्डर्ड(एसेन्सियल प्याटेन्ट्स, यूरोपियन टेलिकम्यूनिकेसन्स स्ट्याण्डर्ड ईन्ष्टिच्यूट (ईटीआईएस)मा घोषणा गरिसकेको छ । साथै, ओपोले ३ हजार भन्दा बढी फाइभजी मानक दस्तावेजहरु थर्ड जेनरेसन पार्टनरशिप प्रोजेक्ट (थ्रीजीपीपी)लाई हस्तान्तरण गरिसकेको छ । यस संगै ओपो ईन्टरनेसनल स्ट्याण्डर्ड अर्गनाइजेसनको अग्रणी सदस्यका रुपमा श्रेणीकरण भइसकेको छ ।