• गृहपृष्ठ
  • सवारी साधनले ठक्कर दिँदा एक जनाको मृत्यु

सवारी साधनले ठक्कर दिँदा एक जनाको मृत्यु

Nov 24th, 2019

काठमाडौं, मंसिर ८
काठमाडौं महानगरपालिका-३१ नयाँबानेश्वरमा हाल नम्बर नखुलेको सवारी साधनले आइतबार बिहान ठक्कर दिँदा गम्भीर घाइते भएका पैदलयात्री सोही ठाउँ बस्ने ७० वर्षीय डा. प्रभु जोशीको सिभिल अस्पताल मीनभवनमा उपचारको क्रममा मृत्यु भएको छ ।

ठक्कर दिने सवारी साधन र चालकको खोजी गर्नुका साथै यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।