• गृहपृष्ठ
  • सरकारी छाप किर्ते मुद्दाका कसुरदार पक्राउ

सरकारी छाप किर्ते मुद्दाका कसुरदार पक्राउ

Nov 24th, 2019

काठमाडौं, मंसिर ८

सरकारी छाप किर्ते मुद्दाका कसुरदार काठमाडौं माछापोखरी बस्ने चितवन कल्याणपुर घर भएका २६ वर्षीय छविलाल तामाङलाई गत बिहीबार प्रहरीले पक्राउ गरेको छ ।

सरकारी छाप किर्ते मुद्दामा एक वर्ष कैद फैसला भएका फरार कसुरदार तामाङलाई केन्द्रीय अनुसन्धान व्यूरो महाराजगंजबाट खटिएको प्रहरीले काठमाडौं रातोपुलबाट पक्राउ गरेको हो । तामाङ लगायतको संलग्नतामा यातायात व्यवस्था कार्यालय वीरगंजको छाप र शाखा अधिकृतको दस्तखत किर्ते गरी मोटरसाईकल नम्बर र ब्लुबुक समेत नक्कली बनाएको मुद्दामा उनलाई उक्त कैद फैसला भएको थियो ।

तामाङलाई जिल्ला अदालत काठमाडौं मार्फत कारागार कार्यालय सुन्धारा पठाइएको उक्त व्यूरोले जनाएको छ ।