• गृहपृष्ठ
  • धुलिखेलमा नमूना निर्वाचन, अधिकांस मत बदर

धुलिखेलमा नमूना निर्वाचन, अधिकांस मत बदर

Nov 24th, 2019

काठमाडौं, ८ मंसिर
निर्वाचन आयोगले प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनका लागि मतदाता शिक्षा प्रभावकारी बनाउन ‘नमूना मतदान’ अभ्यास गरेको छ । आयोगले मतदान गर्ने सही तरिका र मतदान गर्ने समय निर्धारणका लागि आफ्नै कर्मचारीद्वारा विभिन्न स्थानमा नमूना मतदान अभ्यास गरेको हो ।
यसै क्रममा निर्वाचन कार्यालय धुलिखेल र राष्ट्रिय अपांग महिला संघको संयक्त आयोजनामा धुलिखेल नगरपालिकामा नमूना मतदान सम्पन्न गरिएको छ । गत शुक्रबार गरिएको मतदानमा स्थानियको बाक्लो उपस्थिति थियो ।

निर्वाचन पछि सो स्थानमा मत बदर संख्या बढ्ने संकेत देखिएको छ । निर्वाचन कार्यालयले विभिन्न जिल्लामा गरेको नमुना मतदानमा एक तिहाइ मत नै बदर भएपछि यस्तो संकेत देखिएको हो ।
शुक्रबार काभेको धुलिखेलस्थित बखुण्डोलमा आगामि निर्वाचनको लागि मतदाताहरुले मतदान गर्दा मत बदर हुने र मतदान गर्ने क्रममा विग्रने अवस्थालाई न्युनिकरण गर्ने उदेश्यले गरेको नमुना निर्वाचनमा उक्त मत बदर भएको हो ।

धुलिखेल नगरपालिका ४ को वडा कार्यालयमा गरेको नमुना मतदान १ सय १ जनाको सहभागीता रहेको थियो। जनमा प्रतिनिधिसभामा ६ वटा प्रदेश सभामा ४ वटा,र समानुपातीकमा ४ वटा पुर्ण बदर र दश वटा आशिक बदर हुनुका साथै ४ जनाले मत हाल्ने नजानेको निर्वाचन कार्यालयले जनाएको छ ।