• गृहपृष्ठ
  • ललितपुर बार एशोसियशनको चुनावमा प्रगतिशील समुह विजयी

ललितपुर बार एशोसियशनको चुनावमा प्रगतिशील समुह विजयी

Nov 24th, 2019

ललितपुर, ८ मंसिर
ललितपुर बार एशोसियशनको चुनावमा प्रगतिशील पेशागत तथा समावेशी कानुन व्यवसायी समूह विजयी भएको छ । शनिबार भएको बारको चुनावमा अर्जुन महर्जन नेतृत्वको १५ सदस्यीय रहेको प्यानल नै विजयी भएको हो ।

चुनावमा अध्यक्ष अधिवक्ता अर्जुन महर्जनले ४ सय १८ मत प्राप्त गरेका थिए । यसैगरी विपक्षीले ९४ मत पाएको जनाइएको छ । चुनावमा जम्मा ५ सय २९ मत खसेको थियो ।