डिशहोम सिनेमा घरमा “छ माया छपक्कै”

Nov 24th, 2019

काठमाडौं, ८ मंसिर
वर्षकै सर्वाधिक सफल चलचित्र “छ माया छपक्कै”डिशहोमको सिनेमा घर च्यानल नम्बर १०८ मा प्रदर्शन हुने भएको छ । ख्यातिप्राप्त हाँस्यकलाकार दिपकराज गिरी, केदारप्रसाद घिमिरे (माग्ने बुढा), जितु नेपाल(मुन्द्रे), लगायत दर्जनौँ चर्चित कलाकारहरुको अभिनय रहेको यो चलचित्र मंसिर १३ गते देखि प्रदर्शन हुने भएको कम्पनीले जानकारी दिएको छ ।

कम्पनीका अनुसार डिशहोमले हल सम्म गएर सिनेमा हेर्न नभ्याउने र हलहरुको सहज पहुँच नभएको दर्शकहरुका लागि न्यूनतम शूल्कमा स–परिवार घरैमा बसी चलचित्र हेर्न मिल्ने पे पर भ्युसुविधा उपलब्ध गराईरहेको छ । पे पर भ्युसुविधा अन्तर्गत संचालन भईरहेको सिनेमा घर च्यानल नं. १०८ मा नयाँ नेपाली सिनेमा हलमा लागेसँगै वा हलमा लागेको केहि समय पछि न्युनतम शुल्कमा हेर्न सकिन्छ । हरेक दिन आठ शो प्रदर्शन हुने सिनेमा घर एसएमएस पठाएर, डिशहोमको ग्राहक सेवा केन्द्रमा फोन गरेर र नजिकै डिशहोम बिक्रेता संग सम्पर्क गरेर सजिलै खुलाउन सकिने छ । आमा सरस्वती मुभिज प्रा.लि. र रोहित अधिकारीको ब्यानरमा निर्माण भएको वर्षकै सर्वाधिक सफल चलचित्र ‘छ माया छपक्कै’ कात्र्तिक २४ गतेदेखि विभिन्न सहरहरुका मूख्य हलहरुमा सार्वजनिक रुपमा प्रदर्शन भएको थियो । चलचित्रले नेपाली सिनेमा जगतमा उत्कृष्ट प्रदर्शनी कायम गर्न सफल रहेको छ । व्यापारको उच्च प्रतिफल पाएको यस चलचित्र ५१औँ दिन मनाउने तयारीमा रहेको जानकारी समेत कम्पनीले दिएको छ ।