• गृहपृष्ठ
  • नेप्से १० अंकले घट्यो, सबै सुचक घट्दा बजार पुरै रातै

नेप्से १० अंकले घट्यो, सबै सुचक घट्दा बजार पुरै रातै

Nov 24th, 2019

काठमाडौं, ८ मंसिर
साताको पहिलो कारोबार दिन आज आईतबार नेै नेप्से घटेको छ । नेप्से आज १० दशमलव ५४ अंकले घटेर ११ सय १० दशमलव आठ अंकमा झरेकोमा सेन्सिटिभ इन्डेक्स दुुई दशमलव तीन अंकले घटेर दुई सय ४४ दशमलव ८६ अंकमा झरेको छ । आज एक सय ६२ कम्पनीहरुको पाँच हजार २९ वटा कारोबारमा नौ लाख २९ हजार सात सय ४४ कित्ता सेयर किनबेच हुुँदा कारोबार रकम २८ करोड पाँच लाख ३४ हजार चार सय १५ रुपैयाँ पुगेको छ ।

नेप्सेमा आज १२ वटा समुहको कारोबार हुँदा १२ वटै समुहको सुचक घटेर बजार पुरै रातो भएको छ । यसमध्ये वाँणिज्य बैंक समुहको सुचक १० दशमलव ४७ अंकले घटेर एक हजार २० दशमलव २० अंकमा कायम रहंदा विकास बैंक समुहको सुचक १० दशमलव ३९ अंकले घटेर १५ सय २५ दशमलव २२ अंकमा कायम भएको छ । यसैगरी जलविद्युत, लघुवित्त, निर्जिवन बीमा, जीवन बीमा, ट्रेडिङ, होटल, फाईनान्स, उत्पादनमुलक, अन्य र सामुहिक लगानी कोष समुहको सुचक पनि घटेर रातै भएका छन् । आज नेशनल हाईड्रो पावर डेभलपमेन्ट कम्पनीले कमाएको छ भने साल्ट ट्रडिङ कर्पोरेशन नेपाल लिमिटेडले गुमाएको छ । एनएमबी बैकको भने आज सबै भन्दा बढी रकम कारोबार भएको छ ।