रामहरी न्यौपानेको ‘जादु’ बजारमा

Nov 24th, 2019

काठमाडौं, ८ मंसिर
गायक रामहरी न्यौपानेको आधुनिक गीत ‘जादु’ सार्वजनिक भएको छ । श्वाभिमान एल्बम अन्तर्गत रहेको ‘जादु’ गीतको शब्द तथा संगीत गायक स्वंम न्यौपानेकै रहेको छ भने राजन ईशानको एरेन्ज रहेको छ ।

सचित खड्काको निर्देशन रहेको भिडियो सम्पादन रबिन्द्र खड्काले गरेका छन् भने श्याम बजगाई र सुमिना घिमिरेको अभिनय रहेको छ । म्युजिक भिडियोको सन्दिप श्रेष्ठ र सन्तोष कार्कीले छाँयाकन गरेका छन् ।