म्यानचेस्टर सिटीसँग चेल्सी पराजित

Nov 24th, 2019

काठमाडौं, ८ मंसिर

ईङ्लिश प्रिमियर लिग फुटबल अन्तर्गत म्यानचेष्टर सिटीले चेल्सीलाई पराजित गरेको छ। शनिबार भएको खेलमा म्यानचेस्टर सिटीसँग चेल्सी २-१ गोल अन्तरले पराजित भएको हो।

सिटीको जितमा केविन डि ब्राउन र रियाद महरेजले गोल गरे। खेलमा पहिलो अग्रता चेल्सीले लिएको थियो। २१औं मिनेटमा एन गोलो कान्टेले गोल गर्दै चेल्सीलाई अग्रता दिलाएका थिए। तर अग्रता लामो समय टिकेन । २९औं मिनेटमा केभिन डे ब्रएनाले सिटीका लागि बराबरी गोल फर्काए । त्यस्तै, रियादमहारेजले ३७औं मिनेटमा गोल गर्दै सिटीलाई जित दिलाए ।


जितसँगै  सिटीले १३ खेलबाट २८ अंक जोडेको छ भने चेल्सी २६ अंकसहित लिगको चौथो स्थानमा झरेको छ। सिटी तेश्रो स्थानमा रहेको छ। लिग पहिलो र दोश्रोमा भने क्रमशः ३७ र २९ अंकसहित लिभरपुल र लेइस्टर रहेका छन्।