• गृहपृष्ठ
  • महिन्द्रा ग्लोबल केयर फेस्ट क्याम्प सम्पन्न

महिन्द्रा ग्लोबल केयर फेस्ट क्याम्प सम्पन्न

Nov 23rd, 2019

काठमाडौं, ७ मंसिर
नेपालको लागि महिन्द्रा गाडीको आधिकारिक बिक्रेता अग्नि ग्रुप अन्तर्गत बालाजू अटो वर्कसले महिन्द्रा फोर ह्वील गाडीहरुका लागि “महिन्द्रा केयर फेस्ट २०१९” सम्पन्न गरेको छ । केयर फेस्टको समुद्घाटन बालजू अटोवक्र्सका म्यानेजिङ्ग डाइरेक्टर अर्जुन प्रसाद शर्मा, महिन्द्रा एण्ड महिन्द्राका कन्ट्रि हेड चैतन्यका गलकर, बालाजू अटोवक्र्सका प्रमुख कार्यकारी अधिकृत शशीन्द्र भण्डारी तथा दुई जना ग्राहक भीमबहादुर नेपालएवं दत्तराम सापकोटाले सामूहिक रुपमा गरेका हुन् ।

कम्पनीका अनुसार यो विश्वव्यापी कार्यक्रम यही मंसिर २ देखि ६ गतेसम्म ५ दिनका लागि नेपाल लगायत २५ विभिन्न देशमा आयोजना गरिएको थियो, जहाँ महिन्द्रा गाडीका दक्ष प्राविधिकहरुले गाडीको ६० जाँच गरेका थिए । साथै महिन्द्रा उपभोक्ताहरुले उनीहरुको परिवारका लागि मनोरञ्जनका साथ महिन्द्राको लागि उच्चस्तरीय सेवा समेत प्राप्त गरेका थिए । यो विश्वव्यापी केयर फेस्ट क्याम्पमा महिन्द्राले संसारभरका आफ्ना उपभोक्ताहरुलाई उनीहरुको परिवारका साथमा उनीहरुको गाडीको हेरचाह गर्न प्रोत्साहन गर्ने उद्देश्यका साथ सञ्चालन गरेको थियो ।

महिन्द्रा ग्लोबल केयर फेस्ट २०१९ मा निःशुल्क सर्भिसिङ्ग, स्पेयरपार्ट्स, लुब्रिकेन्ट एवं एक्सेसरिजहरुमा १२ प्रतिसत छुट साथै महिन्द्राको पुरानो गाडी जस्तै लोगन, क्वान्टो, जेनियो, जाइलो जस्ता गाडीमा भारी छुटको व्यवस्था पनि मिलाइएको कम्पनीले जनाएको छ । यसका साथै कम्पनीले ग्राहकहरुलाई हेल्थ क्याम्पको सुविधा तथा आकर्षक उपहार पनि प्रदान गरेको थियो । यस मेलामा उल्लेख्यरुपमा सहभागीता रहेको थियो । संसारभर, यो ग्लोबल केयर फेस्ट क्याम्पको आयोजना महिन्द्रा गाडीको धनी एवं कम्पनीबीचको सुमधुर सम्बन्धलाई निरन्तता दिने उद्देश्यले आयोजना गरिएको कम्पनीले जनाएको छ ।