• गृहपृष्ठ
  • सिटिजन्स बैंकको संचालकमा सुदेश खालिङ नियुक्त

सिटिजन्स बैंकको संचालकमा सुदेश खालिङ नियुक्त

Nov 23rd, 2019

काठमाडौ, मंसिर ७

सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडको २०७६ साल मङ्सिर ६ गते शुक्रवार बसेको ३२० औं सञ्चालक समितिको बैठकले बैंकिंग क्षेत्रमा करिव तीन दशक लामो अनुभव भएका सुदेश खालिङलाई बैंकको स्वतन्त्र संचालकमा नियुक्त गरेको छ । अवनिन्द्र कुमार श्रेष्ठको पदावधि सकिएपछि रिक्त हुन गएको स्वतन्त्र संचालकको पदमा खालिङलाइ नियुक्त गरिएको हो । शाखा संचालन तथा जोखिम व्यवस्थापनमा अब्बल तथा अनुभवी बैंकरकारूपमा परिचित खालिङले विभिन्न वाणिज्य बैंकका महत्वपूर्ण ओहदामा रहि आफ्नो कार्यकुशलता प्रदर्शन गरि सकेकाछन । वाणिज्य बैंकमा सहायकबाट बैंकिंग पेशा शुरु गर्नु भएका खालिङलेदुई वाणिज्य बैंकको अनुभव बटुल्दै प्रमुख कार्यकारी अधिकृतबाट निवृत भएका हुुन ।

बैकले हाल देशैभरी फैलिएका आफ्ना ८५ वटा शाखा, ८२ वटा ए.टि.एम. र १०२ वटा शाखा रहित बैंकिङ्ग एकाईहरुबाट करिव चार लाख ग्राहकवर्गलाई आधुनिक बैंकिङ्ग सेवाहरु प्रदानगर्दै आएको छ । यसका साथसाथै शाखाहरुसँगको समन्वय, निगरानी, संस्थागत सुशासन, जोखिम व्यवस्थापन एवम गुनासो सुनुवाई जस्ता कार्यहरूे छिटो, छरितो, चुस्त र दुरुस्त रूपमा सम्पादन गर्ने उद्देश्यले बैंकले सात वटै प्रदेशमा प्रादेशिक कार्यालयहरुको स्थापना गरिसकेको छ । ग्राहकवर्गहरुलाई विभिन्न किसिमका निक्षेप तथा कर्जा सुविधाहरु, घरैमा बसेर बैंक खाता खोल्न सकिने अनलाईन सुविधा, रेमिट्यान्स सेवा, आस्वा, ड्राफ्ट, कार्ड सेवा, साथै कुनै पनि शाखाबाट रकम झिक्न र राख्न सकिने जस्ता सुविधाहरु पनि उपलब्ध गराउँदै आएको छ ।