• गृहपृष्ठ
  • ऊर्जामा लगानी गर्न अर्थमन्त्रीको आब्हान

ऊर्जामा लगानी गर्न अर्थमन्त्रीको आब्हान

Nov 23rd, 2019

काठमाडौं, ७ मंसिर
ऊर्जा क्षेत्रमा लगानी गर्न अर्थमन्त्री डा. युवराज खतिवडाले आब्हान गरेका छन् । ऊर्जा सम्मेलनको दोस्रो दिन ‘नेपालको ऊर्जा क्षेत्रमा लगानी र क्षेत्रीय विकास’ विषयक शत्रलाई सम्बोधन गर्दै अर्थमन्त्री खतिवडाले विदेशी बैंक तथा अन्तर्राष्ट्रिय वित्त साझेदारलाई ऊर्जामा लगानीका लागि आग्रह गरेका हुन् । अहिले नेपालमा इन्धनमार्फत उत्पादन हुने (फोसिल फ्युल) ऊर्जाको खपत धेरै मात्रामा रहेकोले यसलाई केही वर्षभित्रै १५ प्रतिशतले कम गर्ने उनको भनाइ रहेकाे थियाे ।

संयुक्त राष्ट्र संघको दीगो विकास लक्ष्य अनुसार नै नेपालमा विकासका काम कारबाही अगाडि बढिरहेकोले नवीकरणीय ऊर्जामा लगानी गरेर प्रतिफल लान समस्या नभएको उनको भनाइ छ । ‘म विदेशी लगानीकर्तालाई नेपालको समग्र ऊर्जामा लगानी गर्न आव्हान गर्दछु । लगानीको प्रतिफल फिर्ता लैजान नेपालले सहज वातारण सिर्जना गरेका छ’ उनले भने ।

नेपालमा एक किसिमको गलत हल्ला चलेको छ । ऊर्जा बजार छैन भन्ने भ्रमण छ त्यसलाई चिर्नुपर्ने उनको भनाई छ । सरकारले विद्युतीय सवारीलाई प्रवद्र्धन गरिरको छ । आगामी पाँच वर्षमा प्रतिव्यक्ति विद्युत् खपतको दरलाई बढाएर १ हजार ५ सय युनिट बनाउने योजना रहेको उनले सुनाए नेपालका बैंकले उत्पादनमूलक क्षेत्रमा गरेको लगानीले गति लिदै गरेकोले पनि उनले निजी बैंक तथा वित्तीय संस्थालाई अहिलेकै गतिमा लगानी विस्तार गर्न आव्हान गरे । उनले भने ‘नेपालको जलविद्युत् तथा पूर्वाधार क्षेत्रमा लगानी गर्न क्राउड स्रोर्स फाइनान्सिङको व्यवस्था गर्न लागको जानकारी दिए । यसका लागि सरकारले स्वादेश तथा विदेशमा सोही अनुसार लगानी जुटाइने उनको भनाई थियो ।

कार्यक्रममा बोल्दै एसियाली पूर्वाधार विकास बैंकका महानिर्देशक यी यिन पाङले नवीकरणीय ऊर्जामा लगानी विस्तार गर्ने योजना रहेको जानकारी दिए । उनले नेपालको जलविद्युत् क्षेत्रका तीन वटा आयोजनामा लगानी गरिरहेको र निकट भविष्यमै ठूला आयोजनमा लगानी गर्नका लागि तयारी भएको उनले जानकारी दिए । कार्यक्रममा बोल्दै नविल बैंकका प्रमुख कार्यकारी अधिकृत (सीईओ) अनिलकेशरी शाहले नेपालका बैंकहरूले जलविद्युतमा लगानी विस्तार गरिरहेको जानकारी दिए । उनले नेपालमा राजनीतिक स्थिरता र कानुनमा सुधार गर्नुपर्ने आवश्यकता औल्याए ।

कार्यक्रममा बोल्दै निजी क्षेत्रका लगानीकर्ता कुशकुमार जोशीले नेपालमा जलविद्युुतका आयोजना समयमा नै नसकिने समस्या रहेको बताए । त्यसका लागि यो क्षेत्रमा लगानी बढाउन आवश्यक कानुुन संशोधन गर्न सुझाए । बैंकहरूले यो क्षेत्रमा गरेको लगानीको ऋणमा ब्याज धेरै भएकोले घटाउनुपर्ने पनि जोशीले बताए ।

कार्यक्रममा बोल्दै नेदरल्याण्ड डेभलमेन्ट बैंक (एफएमओ)का एसिया क्षेत्रका ऊर्जा प्रमुख गिर्ट फिजनटले नेपालको ऊर्जा क्षेत्रमा धेरै लगानी गर्न उत्सुक रहेको जानकारी दिए । विदेशी लगानी ल्याउन हेजिङ फन्डको व्यवस्था हुनुपर्नेमा जोड दिए । उनले ऊर्जा क्षेत्रमा लगानी पारदर्शी रूपमा भए आयोजना विकास गर्दा कुनै समस्या नहुने अनुभव पनि सुनाए ।

हाइड्रोइलेक्ट्रिसिटी एन्ड इन्भेस्टमेन्ट कम्पनीका सीईओ छविराज पोखरेलले नेपाल ऊर्जा तथा पुुर्वाधारको क्षेत्रमा भर्जिन ल्याण्ड रहेकोले विदेशी लगानीकर्तालाई जतिसक्दो धेरै लगानी गर्न आग्रह गरे ।