• गृहपृष्ठ
  • नेपाल बैंकद्वारा मानव कल्याण समाजलाई सहयोग

नेपाल बैंकद्वारा मानव कल्याण समाजलाई सहयोग

Nov 23rd, 2019

काठमाडौं, ७ मंसिर
नेपाल बैक लिमिटेडले ८३ औं वार्षिकोत्सवको अवसरमा सामाजिक उत्तरदायित्व कार्यक्रम अन्तर्गत मानव कल्याण समाज (सेवा घर ) चांगुनारायण भक्तपुरमा आश्रय लिईरहेका आमा बुवाहरुको स्वास्थ्य र सरसफाईको लागि ३ लाख रुपैयाँ आर्थिक सहयोग प्रदान गरेको छ । उक्त राशीको चेक बैकको प्रदेश नम्बर ३ प्रादेशिक कार्यालयका प्रमुख सुन्दर पन्थीले समाजका संचालक सुमित्रा चौलागाईलाई एक समारोहकाबीच हस्तान्तर गरेका हुन् ।

सो अवसरमा प्रादेशिक कार्यालय प्रमुख पन्थीले मानव सेवा नै माधव (भगवान) सेवा भएको सन्दर्भमा मानव सेवा समाजलाई यस पुनित कार्यमा सघाउन पाएकोमा हार्दिक प्रशन्नता व्यक्त गरे । समाजका अध्यक्ष चौलागाईले सहयोग निम्ति बैकलाई धन्यवाद ज्ञापन गरे । उक्त चेक हस्तान्तर समारोहमा नेपाल बैक लिमिटेडका मुख्य प्रवन्धक सुर्य प्रकाश भट्ट, वरिष्ठ प्रबन्धकद्वय उज्ज्वल पोख्रेल, राम गोपाल श्रेष्ठ, प्रवन्धक अनुप अर्याल, उप प्रवन्धक विनोद गिरी ,सहायक प्रवन्धक जीवराज ढकाल,सहयोग समन्वयकर्ता हेमराज बराल, मानव कल्याण समाजका पदाधिकारीहरुकोे उपस्थिति थियो ।