• गृहपृष्ठ
  • परिक्षणको अभावमा गुणस्तरिय रंग पाउन कठिन, बढि लिड भएका इनामेल स्वास्थ्यको लागि धातक

परिक्षणको अभावमा गुणस्तरिय रंग पाउन कठिन, बढि लिड भएका इनामेल स्वास्थ्यको लागि धातक

Nov 23rd, 2019

काठमाडौं, ७ मंसिर
पछिल्लो समय नेपाली बजारमा रंगको व्यापार फस्टाउँदै गएको छ । सहरीकरण तथा पुनर्निर्माण कार्यले गति लिएसँगै रंगको बजार पनि फस्टाउन थालेको हो । पेन्ट उद्योग संघका अनुसार नेपालमा वार्षिक ५ अर्ब रुपैयाँ बराबरको रंगको कारोबार हुने गरेको छ । सर्वसाधारणहरु घरलाई कसरी आकर्षक देखाउने भन्ने विषयमा बढी केन्द्रित रहेर नयाँ नायाँ ब्राण्डका रंगको खपत गर्न थालेका कारण रंगको व्यापार पनि बढेको हो । अहिले नेपाली बजारमा एसियन, पशुपति, बर्जर, नेरोल्याक लगायतका रंगका ब्रान्डहरू उपलब्ध छन् ।

यसैगरी देशभरका राष्ट्रिय तथा बहुराष्ट्रिय कम्पनीका करिब ४० वटा रंग उद्योगले दैनिक करिब पाँच करोड रुपैयाँ मूल्य बराबरको रंग उत्पादन गर्ने बताइन्छ । वार्षिक १५ प्रतिशतको हाराहारीमा रंगको व्यापार वृद्धि हुने गरेको रहेको व्यवसायीहरू बताउँछन् । लगानीमा वृद्धि र गुणस्तरिय उत्पादनका कारण नेपाली रंग बजारमा आत्मनिर्भर बनेको उत्पादकहरूको भनाई छ । तर, सबै कम्पनिका रंगहरु गुणस्तरिय भने छैनन् ।

गुणस्तरको परिक्षण कसरी ?
इनामेल रंगमा प्रयोग हुने लिडको परीक्षण नापतौल तथा गुणस्तर विभागले गर्छ । परीक्षणको क्रममा नेपालमै इनामेल उत्पादन गर्न उद्योगहरुले सरकारले तोकेको मापदण्ड भन्दा सयौं गुणा बढी प्रयोग गरिरहेको पाइएको छ । इनामेल रंगमा मापदण्डभन्दा बढी लिड प्रयोग भए नभएको विषयमा गुणस्तार विभागले बेलाबेलमा अनुगमन गर्दै आएको छ । हाल सम्मको अनुगमनमा सबै रंग कम्पनिले सो मापदण्ड पूरा गर्न नसकेको नेपाल गुणस्तर तथा नापतौल विभागले जनाएको छ ।

यसको साथै वतावरण विभागले पेन्टमा कति मात्रामा लिड मिसिएको छ भनेर परिक्षण गर्ने जिम्मेवारी पाएको छ । तर प्रयोगशाला नहुँदा परिक्षण हुन भने सकेको छैन । वातावरण विभागका प्रवक्ता इन्द्रविक्रम जोशीले परिक्षण गर्ने प्रकृया जारी रहेको र परिक्षण पछि रंग उत्पादक कम्पनीले मापदण्ड पूरा गरे नगरेको जनाकारी गराउने बताए । विभागले गरेको इनामेल रंगको परीक्षणमा ९९ पिपिएमभन्दा बढी लिडको मात्रा प्रयोग गर्न नपाइने भएपनि ४२ सय पिपिएमसम्म लिड प्रयोग भएको फेला परेको विभाग स्रोतले बतायो ।

मापदण्ड पूरा नगर्नेलाई यस्तो छ सजाय
रंगमा तोकिएको मापदण्ड पूरा गरे नगरेको अध्ययान तथा परिक्षण गरी नेपाल नापतौत तथा गुणस्तर विभागले मापदण्ड पूरा नगर्नेलाई नियम अनुसार कारबाही गर्छ तर गुणस्तरहिन् रंग उत्पादन गर्ने कम्पनिलाई बन्द भने गर्दैन । किनकी वातावरण संरक्षण ऐनले बढी लिड प्रयोग गर्ने उद्योग बन्द गराउने अधिकार दिएको छैन । स्पष्ट कानुनी व्यवस्था नभएका कारण कारवाहीको व्यवस्था पनि प्रभावकारी हुन नसकेको अधिकारीहरु बताउँछन् । अहिलेको कानुनमा बढी लिड प्रयोग गर्ने उद्योगीलाई बढीमा ५० हजार रुपैयाँसम्म जरिवाना गर्न सक्ने अधिकार छ ।

केही समय अघि बर्जर पेन्टले तोकिएको मापदण्ड पूरा नगरेको कारण बिवादमा परेको थियो । सरकारले रंगमा कति मात्रामा लिड मिसिएको छ भन्ने परिक्षण गर्न प्रयोगशाला समेत तोक्न सकेको छैन । वातावरण विभागले प्रयोगशाला नभएकाले लिडको परीक्षण हुन नसकेको बताएको छ ।

कस्तो आसर पर्छ स्वस्थ्यमा ?
रंगमा उच्च लिडको प्रयोग गरिएको भए त्यसले धेरै प्रकारका समस्या निम्त्याउँछ । चिकित्सकका आनुसार रंगले पुरुषमा उच्च रक्तचाप, नपुंसकता तथा किड्नीमा समस्या ल्याउन सक्छ । त्यस्तै महिलाको महिनावारी बिग्रने, गर्भ तुहिने जस्ता समस्या देखिने गरेको छ । एक तथ्यांक अनुसार लिड बढी भएको रंगकै कारण विश्वमा वर्षमा ६ लाख बालबालिका बौद्धिकता अपांग हुने र एक लाख ४३ हजार बालबालिकाको मृत्यु हुने गरेको छ ।

नेपाल सरकारले मापदण्ड पूरा गरिएका रंग मात्र उत्पादन र बिक्री गर्न सरकारलाई आग्रह गरेको छ । तर नेपालमा उपलब्ध केही रंगले सो मापदण्ड पूरा गर्न सकेका छैनन् । विश्वमा पनि ६२ वटा देशले मात्र रंगको मापदण्ड पूरा गर्न सफल भएको पाईन्छ ।