• गृहपृष्ठ
  • शाखा विस्तारसँगै बृद्धि भएको कर्मचारी खर्चले बैंकहरुको नाफामा गिरावट

शाखा विस्तारसँगै बृद्धि भएको कर्मचारी खर्चले बैंकहरुको नाफामा गिरावट

Nov 23rd, 2019

काठमाडौं, ७ मंसिर
राष्ट्र बैंकको निर्देशन बमोजिम बैंकहरुले आफ्नो शाखा त विस्तार गरे तर त्यस अनुरुप व्यवसाय विस्तार गर्न नसक्दा त्यसको सोझो असर बैंकहरुको नाफामा देखिएको छ । देश संघिय व्यवस्थामा प्रवेश गरेसँगै नेपाल राष्ट्र बैंकले दुई वर्ष अघि वाणिज्य बैंंकहरुलाई ७ सय ५३ स्थानमा शाखा विस्तार गर्न निर्देशन दियो । जतिबेला २ सय ९६ स्थानिय तहमा मात्रै वाणिज्य बैंकका साखा पुगेका थिए ।

राष्ट्र बैंकको निर्देशन पछि हरेक बैंकलाई १७ वटा जति शाखा विस्तार गर्नुपर्याे । अहिलेसम्म ७ सय ३९ साखामा बैंकका साखा पुगेका छन् । तर यस्तो ग्रामीण भेगमा पुगेका शाखाले व्यवसाय भने गर्न सकेका छैनन् । जसका कारण पछिल्लो समय बैंकहरुको सञ्चालन खर्च बढ्दै गएको छ ।बैंकहरुको ब्याजमा पनि केहि कमी आएको छ । हालैमात्रै प्रकाशित बैंकहरुको पहिलो त्रैमासको वित्तीय विवरण अनुसार ६ वटा वाणिज्य बैंकहरुको नाफा गत वर्षको असोज महिनाको तुलनामा घटेको छ । सञ्चालन खर्च बढ्दै जाने र ब्याज आम्दानीमा आएको कमिले समग्रमा बैंकहरुको नाफामा नै असर गरेको छ ।

वित्तिय विवरणका अनुसार इन्भेष्टमेन्ट बैंक, नेपाल बैंक, सिद्धार्थ बैंक, एसबिआई बैंक, बैंक अफ काठमाडौं र सिभिल बैंकको नाफा गत वर्षको तुलनामा घटेको छ । राष्ट्र बैंकले चालु आर्थिक वर्षको मौद्रिक नीति मार्फत स्प्रेडदर ४ दशमलव ४ प्रतिशत तोकेको छ । साथै यसको गणना विधी पनि परिवर्तन गरेको छ । निक्षेप र कर्जाको ब्याजको अन्तर साघुरिदै गएपछि त्यसको असर बैंकको आम्दानीमा परेको हो । १० वटा वाणिज्य बैंकको खराब कर्जा गत वर्षको तुलनामा बढेको छ । नियमित ब्याज आउनुपर्ने कर्जा खराबमा परिणत हुने क्रम बढ्दा पनि नाफामा केहि कमि आएको हो ।

पहिलो त्रैमासमा नाफामा आएको गिरावटले यो वर्षको नाफामा नै कमि संकेत गरेको छ । ब्याज आम्दानीमा कमि आउँदा त्यसको प्रत्यक्ष फाइदा बैंकबाट ऋण लिनेलाई पुग्छ तर यसका सेयरधनीले भने उच्च लाभांस पाउन सक्दैनन् ।

असोज सम्ममा बैंकहरुको नाफा :

BankAshwin 076 (Rs 000)Ashwin 075 (Rs 000)  
Rastriya Banijya Bank             1,127,537   1,119,076
Nabil             1,123,586   1,052,466
NIC Asia             1,009,605      752,696
Nepal Investment               844,421   1,054,668
NMB               815,136      550,557
Global IME               753,145      535,845
Himalayan               694,222      649,659
Everest               690,868      633,373
Prime               659,768      581,929
Standard Chartered               644,112      606,000
Prabhu               628,466      598,439
Agricultural Dev               607,343      551,461
Sanima               593,602      518,871
Nepal Bank               581,824      913,884
Siddhartha               521,439      525,075
Sunrise               454,367      331,495
Mega               437,408      404,572
Nepal SBI               437,231      489,775
Nepal Bangladesh               402,521      301,914
Kumari               401,989      351,803
Laxmi               401,946      303,017
Bank of Kathmandu               383,725      386,825
Machhapuchchre               376,005      371,691
Century               370,815      274,003
Janata               366,921      321,955
Citizens               349,169      428,811
Ncc                340,343      428,746
Civil               158,948       185063
Total           16,176,462 15,223,669