सुनको मूल्य घट्यो, हेर्नुस कति पुग्यो ?

Nov 22nd, 2019

काठमाडौं ,५ मंसिर

नेपाली बजारमा बिहिबार सुनचाँदीको मूल्यमा सामान्य गिरावट आएको छ ।
बुधबार तोलामा १ सय रुपैयाले बढेर प्रतितोला ७२ हजार १ सय रुपैयामा कारोबार भएको सुनको भाउ बिहिबार भने सुन तोलामा १ सयरुपैयाले घटेर प्रति तोला ७२ हजारमा कारोबार भैरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

यसैगरी बिहिबार भने चांदी प्रतितोला५ रुपैयाले घटेर ८६० रुपैयामा कारोबार भैरहको नेपाल सुनचांदी ब्यबसायी महासंघले जनाएको छ ।

बुधबार चांदी तोला मा ५ रुपैयाले बढेर प्रति तोला ८ सय ६५ रुपैयामा कारोबार भएको थियो।