विभिन्न धनमाल चोरी

Nov 22nd, 2019

काठमाडौं, ६ मंसिर
कागेश्वंरी मनहरा नगरपालिका-९ सगरमाथा कोलनी डेरा गरी बस्ने राधा मिश्रको कोठाबाट नगद, सुन तथा चाँदीका विभिन्न गरगहना समेत गरी करिब १ लाख ६० हजार रुपैयाँ बराबरको धनमाल बिहीबार दिउँसो चोरी भएको छ ।

यसैगरी बुढानिलकण्ठ नगरपालिका-१० पञ्च कुमारी चोक डेरा गरी बस्ने सिन्धुपाल्चोक बलेफी गाउँपालिका-४ घर भएका बिष्णु तामाङको कोठाबाट नगद तथा सुनका गरगहनाहरु समेत गरी करिब ३ लाख ५० हजार ५ सय रुपैयाँ बराबरको धनमाल बिहीबार दिउँसो चोरी भएको छ ।
चोरीमा संलग्न फरार व्यक्तिहरुको खोजी गर्नुका साथै यस सम्बन्धमा स्थानीय प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।