• गृहपृष्ठ
  • आगलागीमा परी मृत्यु तथा विभिन्न धनमाल जलेर नष्ट

आगलागीमा परी मृत्यु तथा विभिन्न धनमाल जलेर नष्ट

Nov 22nd, 2019

काठमाडौं, ६ मंसिर
उदयपुर, त्रियुगा नगरपालिका-१६ रातापानी बस्ने चन्द्र बहादुर राईको घरमा बिहीबार दिउँसो आगलागी हुँदा उक्त आगलागीमा परी राईको छोरा ५ वर्षीय बिष्णु बहादुर राईको मृत्यु भएको छ । साथै उक्त आगलागी छिमेकी बम बहादुर राईको घर र गोठमा समेत फैलिएर आगलागी हुँदा दुवै जनाको घर र गोठ जलेर करिब ३२ लाख रुपैयाँ बराबरको धनमाल नष्ट भएको छ ।

सप्तरी, राजविराज नगरपालिका-३ बस्ने राजेश कुमार देवको शिवम् ट्रेडिङ एण्ड विजनेश हाउस पसलभित्र बिद्युत सर्ट भई बिहीबार राति आगलागी हुँदा करिब १ लाख ५० हजार रुपैयाँ बराबरको धनमाल जलेर नष्ट भएको छ । बाग्लुङ, बाग्लुङ नगरपालिका-२ धौलागिरी चोक बस्ने शालिकराम पौडेलको हार्डवयर पसलमा करेन्ट सर्ट भई बिहीबार राति आगलागी हुँदा हार्डवयर पसल पूर्णरुपमा जली नष्ट भएको छ । आगलागीबाट भएको क्षतिको विवरण हाल खुल्न सकेको छैन ।

स्थानीय बासिन्दा तथा दमकलको सहयोगमा आगलागी नियन्त्रणमा लिनुका साथै यस सम्बन्धमा स्थानीय प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।