• गृहपृष्ठ
  • बुर्किना फासोमा प्रहरीद्धारा १८ जिहादी मारिए

बुर्किना फासोमा प्रहरीद्धारा १८ जिहादी मारिए

Nov 22nd, 2019

बुर्किन फासो, ६ मङ्सिर (रासस/एएफपी)

बुर्किना फासोमा भएको प्रहरी कारबाहीमा परी कम्तीमा १८ जना जिहादी विद्रोही मारिएका छन् । प्रहरी कार्यालयमा आक्रमण गर्ने प्रयास गरेका ‘आतङ्ककारीहरु’ मारिएका अधिकारीहरुले जनाएका छन् ।

सुरक्षाकर्मीतर्फ भने एक जना प्रहरी मारिएका र अरु सात प्रहरी घाइते भएका प्रहरीले जारी गरेको वक्तव्यमा उल्लेख छ ।

आक्रमणकारी जिहादीहरुले प्रयोग गरेका हातहतियार, मोटरसाईकल र जिपीएसलगायतका साधनहरु घटनास्लथबाट प्रहरीले नियन्त्रणमा लिएको छ ।

सैन्य अधिकारीहरुका अनुसार गत हप्ता भएको दुई सुरक्षा कारबाहीमा परी अरु ३२ जनाको मृत्यु भएको थियो । देशको खराब अवस्था, कमजोर सुरक्षा व्यवस्थालगायतका कारणले देशमा भइरहेको जिहादीहरुको हिंसा नियन्त्रण गर्न बुर्किन फासो असफल भएको छ ।

हिंसात्मक गतिविधि गरिरहेको सो जिहादी समूह अलकायदा र इस्लामिक स्टेट (आइएस)सँग पनि नजिक रहेको बताइएको छ ।

यिनीहरुले बुर्किन फासोसँगै माली नाइजरलगायतका देशहरुमा केही वर्षदेखि हिंसात्मक गतिविधि गर्दै आइरहेका छन् ।